‘नेकपाको शक्ति संघर्षका कारण प्रदेश ५ को राजधानी सार्ने हठात निर्णय’ दिपक बोहरा

काठमाडौं । ५ नम्बर प्रदेशको राजधानी रुपन्देहीबाट दाङ सार्ने निर्णयको राप्रपा नेता दीपक बोहराले आपत्ति जनाएका छन् । सत्तारुढ नेकपाले प्रदेश ५ को राजधानी दाङको भालुवाङ सार्ने निर्णय गरेपछि सोको विरोधमा वुटवलका सडकमा आगो बलेपछि राप्रपा नेता बोहराले पनि विरोध जनाएका हुन् ।

उनले वुटवलमा प्रदेशको राजधानीका पूर्वाधार तयार हुँदै गर्दा नेकपाले शक्ति सन्तुलनका लागि हठात् रुपमा राजधानी सार्ने निर्णय गरेको जिकिर गरेका छन् ।

पूर्वमन्त्रीसमेत रहेका बोहराले वुटवल प्रादेशिक राजधानीका लागि हरेक प्रकारको उपयुक्त भएको बताएका छन् । ‘प्रदेश नं ५ को राजधानी रूपन्देहीबाट दाङको भालुबाङ सार्ने गरिएको निर्णय प्रति गम्भिर ध्यानाकर्षण भएको छ । सम्पुर्ण पुर्वाधार समेत तयार हुँदै गईरहेको अवस्थामा हठात् रुपमा नेकपाको शक्ति सन्तुलनको लागि गरिएको राजधानी सार्ने निर्णय भयो ।’ उनले भने ।

२०७४ माघ ३ गते आफु समेत रहेको प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको मन्त्रीपरिषदको बैठकले सात प्रदेशको राजधानी तोक्दा अत्यन्तै अनुकुलताको परिवेशको कारण प्रदेश नं ५ को राजधानी बुटवल तोकिएको र सोहि अनुरुप पुर्वाधार समेत तयार हुदै गईरहेको अवस्थामा अहिले आएर नेकपाको शक्ति सन्तुलनको लागि राजधानी सार्ने निर्णय भएको बोहराको भनाई छ ।

https://www.facebook.com/deepak.bohara.353/posts/3276692219046755

उनले राजधानीलाई आवश्यक पुर्वाधार भएको बुटवललाई पाखा लगाउँदै राजनैतिक कारणले राजधानी सार्नु अत्यन्तै गैरजिम्मेवार कार्य भएको बताएका छन् । उनले सरकारको गैरजिम्मेवार पनको विरुद्ध संघर्षमा उत्रन समेत आग्रह गरेका छन् ।

प्रदेश ५ सरकारले स्थायी राजधानी दाङको भालुवाङलगायतको क्षेत्रलाई समेटेर राप्ती किनारमा राख्ने निर्णय गरेपछि प्रतिपक्षी कांग्रेसले शुक्रबारदेखि आन्दोलन नै घोषणा गरेको छ । भने, राप्रपाका नेताले ०७४ सालको मन्त्रिपरिषद्को बैठक उल्याएर नेकपाले जनता जनताविच अन्तरदवन्दव सृजना गर्न खोलेको संकेत गरेका छन् । बोहरा वुटवलका नेता हुन् ।

प्रदेश ५ मा १२ जिल्ला छन् । ती जिल्लाहरुमा नवलपरासी (पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, दाङ, प्युठान, रोल्पा, रुकुम (पूर्व) बाँके र बर्दिया पर्छन् । करिब ४९ लाख जनसंख्या रहेको यस प्रदेशको क्षेत्रफल लगभग २२ हजार २७७ वर्ग किमी छ ।

प्रतिक्रिया