सर्लाही, ललितपुर र तनहुँमा तीन जना मृत फेला

काठमाडौं । सर्लाहीकाे बागमती नगरपालिका-११ चाइनिज पुल नाजिकै बागमती खोलाको बिचमा सर्लाही बागमती गाउँपालिका(११ बस्ने ७० वर्षीय जय बहादुर कार्की मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै ललितपुर र  तनहुँमा दुई जना मृत फेला परेका छन् । ललितपुर महानगरपालिका-१३ बल्खु बस्ने दाङ घर भएका २३ वर्षीय कुसल वली मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।

यस्तै तनहुँकाे घिरिङ गाउँपालिका-३ गुहेचौरस्थित सोमराज श्रेष्ठको घरमा काम गर्ने हाल नाम, थर, वतन, नखुलेका करिब ५२ वर्षीय पुरुष आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा स्थानीय आवश्यक अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया