मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित एक पुरूषको मृत्यु

चितवन ।भरतपुर महानगरपालिका–७ का ५५ वर्षीय कोरोना सङ्क्रमित एक पुरुषको भरतपुर अस्पतालमा आज मृत्यु भएको छ ।

मिर्गौलाको समस्या भई डायलासिस गरिरहेको अवस्थामा असोज ४ गते उनमा सङ्क्रमण पुष्टि भएको थियो ।अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार खोकी र श्वासप्रश्वासमा समस्या भई असोज ७ गते अस्पतालमा भर्ना भएका उनलाई असोज ८ गतेदेखि कोभिड सघन उपचार कक्षमा राखेर उपचार थालिएको थियो ।

उनकाे उपचारकै क्रममा आज दिउँसो १ः२० बजे मृत्यु भएको हो ।रासस

प्रतिकृयाहरु
Loading...