सुशान्तकी दिदीले लेखिन् –‘आमा मेरो ऊर्जाको स्रोत,भाइ मेरो गर्व दुबै गुमाएँ

एजेन्सी । अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु भएको तीन महिना भन्दा बढी भइसकेकाे छ ।

अहिलेसम्म उनका घनिष्ठ मित्रहरू यो शोकबाट मुक्त हुन सकेका छैनन् । मीतू सिंहले जीवनको शुरुवातमै आफ्नो भाई र आमा गुमाउनुपर्दाको दुःखलाई सहन सकिरहेकी छैनन् ।

उनले सुशान्तको फ्यानले बनाएको एउटा पेन्टीङ सेयर गर्दै ट्विटरमा केही भावनात्मक शब्दहरु लेखेकी छिन् । सो पेन्टीङमा सुशान्तले आफ्नी आमाको आशीर्वाद लिँदै गरेको देखिन्छ ।

मीतूले लेखेकी छिन् । ‘आमा मेरो ऊर्जाको स्रोत हुनुहुन्थ्यो । भाइ मेरो गर्व थियो । मैले ति दुबै गुमाई सकेँ । मसँग यो पीडा सहन सक्ने क्षमता छैन् ।’

प्रतिक्रिया