बहुप्रतिक्षित रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल‘ मा डिसहोम आबद्ध

 

काठमाडौं । आजबाट सुरु हुने बहुप्रतिक्षित रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ मा डिसहोमको फाईवरनेट एशोसियट स्पोन्सरको रुपमा आवद्ध भएको छ । डिसहोम फाईवरनेटसंगै डिसहोम गो पनि यस कार्यक्रमको एशोसियट स्पोन्सर रहेको छ ।
हिमालय टेलिभिजनमा आज बेलुकी ८ बजेपछि यो शोको प्रिमियर हुँदैछ । स्टारहरुले रियालिटी शोमा सहभागी भएर नृत्य गरेको दर्शकले पहिलो पटक हेर्न पाउने भएका छन् । उक्त शोमा कलाकार, खेलाडी, गायक–गायिकाको प्रस्तुति दर्शकले हेर्न पाउनेछन् ।

आजको प्रिमियर शोमा नायक राजेश हमालको उपस्थितीले पनि दर्शकलाई मनोरञ्जन प्रदान गर्ने अपेक्षा गर्न सकिन्छ । यो शोको निर्णायकमा अभिनेता दिलिप रायमाझी, अभिनेत्री गौरी मल्ल र कोरियोग्राफर रेनशा वान्तवा राई रहेका छन् ।

शोमा फुटबल खेलाडी हरि खड्का, लोकगायिका ज्योती मगर, कलाकार प्रशान्त ताम्राकार, गायक बुद्ध लामा, कलाकार रक्षा श्रेष्ठ, हाँस्य कलाकार उमेश राई, नायिका सुमी मोक्तान, ब्लाइन्ड रक्स गायिका श्रृष्टी केसी, कलाकार पूजा ठाकुर, टिकटक क्युन दीपा–दमयन्ता, बाल कलाकार देबयान्सी बैदवार रहेका छन् । उक्त शो हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजे हिमालय टेलिभिजनलबाट प्रशारण हुने भएको छ ।

प्रतिक्रिया