निषेधाज्ञा के होला ? सीडीओ भन्छन्- ‘सुझावका आधारमा निर्णय लिन्छौं’

काठमाडौं । उपत्यकामा भदौं ४ गतेदेखि जारी निषेधाज्ञा आज राति १२ बजेबाट सकिँदैछ । अब फेरि निषेधाज्ञा लम्ब्याउन वा खुकुलो पार्दै लैजाने भन्नेबारे आज निर्णय हुँदैछ ।
आम जनजीवन प्रभावित भइरहेको बेला अब निषेधाज्ञा खुकुलो पार्नुपर्ने धेरै क्षेत्रबाट सुझाव आइरहेको छ । उक्त सुझावहरुमाथि छलफल गर्दै निषेधाज्ञाबारे निर्णय लिईने काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।
‘सरोकारवालको परामर्शपछि विभिन्न विकल्प सहितको निर्णय गृह मन्त्रालयमा बुझाएका छौं,’ प्रजिअ दाहालले भने, ‘अब गृह विश्लेषण गरेर निषेधाज्ञा कसरी लैजाने भन्ने तय गर्ने छ, सोही आधारमा हामी अगाडि बढ्छौं ।’
उनका अनुसार आज फेरि हामी भर्चुअल मिटिङमा बस्ने भएको छ । ‘मिश्रित प्रक्रियाहरू आइरहेका छन्, त्यसमध्येबाट कुन चाहिँ विकल्प ठीक हुन्छ । त्यसको अध्याय गरेर निषेधाज्ञाको स्वरूप परिवर्तन गरेर लागू हुनेछ,’ उनले भने ।अब नि
षेधाज्ञालाई खुकुलो बनाएर लैजाने तयारीमा आफूहरु रहेको तर्फ उनले संकेत गरे । यसअघि मंगलबार काठमाडौँ उपत्यका नगरपालिका फोरमले जारी निषेधाज्ञा खुकुलो पार्दै लैजानुपर्ने सुझाव दिएको थियो ।








