सुशान्त आत्महत्या प्रकरणः एनसीबीमा हाजिर भइन् रिया, गिरफ्तारका लागि तयार

एजेन्सी । भारतीय अभिनेता सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा नारकाेटिक्स कन्ट्राेल ब्युराे (एनसीबी) ले आज रिया चक्रवर्तीसँग साेधपुछ गर्दैछ । रिया एनसीबीमा हाजिर हुन घरबाट हिँडिसकेकी छिन् ।
ड्रग्स केसमा अहिलेसम्म सुशान्तका सहयाेगी दीपेश सावन्त, अब्दुल बासित, जैद विलात्रा, शाेवित चक्रवर्ती (रियाकाे भाइ), सैमुअल मिरान्डा र अब्बास लखानीलाई नियन्त्रणमा लिइसकेकाे छ । कैजान इब्राहिमलाई पनि नियन्त्रणमा लिइएकाे थियाे तर शनिबार उनले अदालतबाट जमानत पाए ।
यता रियाका वकिल सतीश मानशिन्दे यदि प्रेम गर्नु अपराध हाे भने उसले यसकाे सजाय भाेग्नुपर्ने बताउँछन् । उनी भन्छन्- ‘रिया गिरफ्तारका लागि तयार छिन् । यदि कसैलाई प्रेम गर्नु अपराध हाे भने उनी सजाय भाेग्न तयार छिन् । उनी निर्दाेष हुन्, त्यसैले उनले बिहार प्रहरी, सीबीआई, ईडी र एनसीबीकाे सामना गरिन् । तर कुनै अग्रिम जमानतका लागि कुनै अदालतकाे शरणमा परिनन् ।’








