बच्चाले जिउँदो सर्प निलेपछि…

एजेन्सी । भारतको उत्तर प्रदेशको बरेली जिल्लामा एक बच्चाले जिउँदाे सर्प निलेका छन् ।

खेल्ने क्रममा ती बच्चाले सर्पकाे बच्चा निल्नै लागेका थिए । तर आमाले बच्चाले केही खाइरहेकाे देखेपछि हत्तपत्त उक्त वस्तुलाई बाहिर निकालिन् । जब वस्तु बाहिर निकालिन्, उनि त्रसित भइन् ! बच्चाले सर्प निलेकाे थाहा पाएपछि उनले तत्काल अस्पताल पुर्याएकाे टाइम्स अफ इन्डियाले जनाएकाे छ  ।

बच्चाका पिता धर्मपाल एक किसान हुन् । उनी आफ्ना एक वर्षका छोरा देभेन्द्र र ६ इन्च लामो मरेको सर्पको बच्चा लिएर अस्पताल पुगे । धर्मपालले इमर्जेन्सी स्वास्थ्य अधिकारी डा. हरिश चन्द्रलाई उनको छोराले सर्प निलेको जानकारी लिँदै मरेको सर्पको बच्चालाई टेबलमा राखिदिए ।

डाक्टरले तत्काल यो सूचना फिजिसियन डाक्टर एएम अग्रवाललाई जानकारी दिए । त्यसपछि बालकलाई इमर्जेन्सी वार्डमा भर्ना गरियो । डाक्टरका अनुसार त्यो सानो सर्प करेतको बच्चा हो, जुन असाध्यै विषालु हुन्छ । समयमै उपचार गरिएका कारणा अहिले बच्चा खतरामुक्त छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *