श्रीमानले झगडा नगरेको भन्दै श्रीमतीले डिभाेर्स मागेपछि…

एजेन्सी । भारतमा श्रीमानले झगडा नगरेकाे भन्दै महिलाले डिभाेर्स मागेपछि सबै चकित परेका छन् ।

भारतको उत्तरप्रदेशस्थित सम्भाल जिल्लामा एकजना महिलाले बिहे भएको १८ महिनापछि श्रीमानसँग डिभोर्स मागेकी हुन् । श्रीमानसँग डिभोर्स माग गर्दै एनी सम्भाल जिल्लाको शरिया अदालतमा निवेदन दिएकी हुन् ।

उनले शरिया अदालतमा दिएको निवेदनमा डिभोर्स गर्नुकाे कारणमा- आफूसँग श्रीमानले झगडा नै नगरेको र अत्यधिक धेरै माया गरेको बताएकी छिन् । यी यावत् कारण देखाउँदै उनले सम्बन्ध विच्छेदको निवेदन पेश गरेपछि सबै चकित परेका हुन् ।

आफ्नो लोग्नेले आफुलाई गरेको अधिक प्रेम आफुले पचाउन नसकेको उनले निवेदनमा उल्लेख गरेकी छिन् । पछिल्लो १८ महिनामा लोग्नेसँग एकपटक पनि झगडा नहुँदा आफु निरास तथा दिक्क भएको पनि उनले बताएकी छिन् ।

लोग्नेले आफुसँग झगडा नगर्ने मात्र होइन खाना पकाउने लगायतका घरेलु कामकाजमा समेत सघाउने गरेर दिक्क पारेको उनको भनाई छ । शरिया अदालतमा दिएको निवेदनमा उनले भनेकी छिन्, ‘न त उहाँ मसँग कहिल्यै चर्को बोल्नुभयो, न त मलाई कुनै कुरामा कहिल्यै निरास पार्नुभयो । यस्तो वातावरणमा साँच्चीकै म उकुसमुकुस भएकी छु ।’

आफूले गल्ती गर्दा समेत लोग्नेले सधैँ कुनै परवाह नगरेको र आफु उल्टै विवाद गर्न खोज्दा पनि नरिसाउने गरेको उनले बताएकी छिन् । आफ्ना हरेक कुरामा लोग्नेले सहमती जनाउने जिन्दगी आफुलाई मन नपरेको उनको जिकिर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *