सहज रुपमा उपचार नपाए यी नम्बरमा फोन गर्नुस्

चितवन । बिरामीहरुले सहज रुपमा उपचार नपाएको गुनासो आएपछि चितवनमा गुनासो सुन्ने संयन्त्र गठन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले उपचार पाउन नसकेकाहरु र स्वास्थ्य संस्थाको समेत गुनासो हुने भएकाले सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहिको संयोजकत्वमा संयन्त्र बनाइएको हो ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बुधबार एक सूचना जारी गर्दै सहज रुपमा उपचार पाउन नसकेका बिरामीको गुनासो र स्वास्थ्य संस्थाको समेत गुनासो सुन्न संयन्त्र बनाइएको उल्लेख छ ।
गुनासो सुन्ने मात्र नभइ आवश्यक कारबाही समेत गर्नका लागि संयन्त्र बनाइएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताए ।
संयन्त्रमा जिल्ला प्रहरी कार्यालय चितवनका फिल्ड अधिकृत र जिल्ला आपतकालीन कार्य संचालन केन्द्र रहेका छन् ।
कुनै गुनासाहरु भए संयन्त्र संयोजक शाहीको मोबाइल नम्बर ९८५१२२७८६१, प्रहरी निरीक्षक ९८५५०४६००५ र आपतकालीन कार्य संचालन केन्द्रको ९८४४२०८८८८ नम्बरमा फोन गर्न सकिने छ ।
कोरोना महामारीका कारण अहिले अस्पतालहरुले सहज रुपमा बिरामी भर्ना गर्ने गरेका छैनन् । अस्पतालहरुमा आईसीयू नपाउँदा अस्पताल चहार्दा चहार्दै पछिल्ला केही दिनमै ४ जनाले ज्यान गुमाउनुपरेको छ ।









