टेलिकमले ८१ लाख रुपैयाँमा २११० कर्मचारीको पीसीआर गर्दै

काठमाडों । नेपाल टेलिकमले आफ्ना २ हजार १ सय १० कर्मचारीको पीसीआर परीक्षण गर्ने भएको छ । काठमाडौं उपत्यका र उपत्यका बाहिरका कर्मचारीको पीसीआर गर्न कम्पनीले करिब ८१ लाख रुपैयाँ लाग्ने जानकारी दिएको छ ।

उक्त मूल्यमा पीसीआर परीक्षणका लागि टेलीकमले दुई कम्पनीलाई ठेक्का दिएको छ । टेलिकमले भदौ १५ मा दुई कम्पनीको प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकामा बी एण्ड बी अस्पतालले कम्पनीका १०८५ कर्मचारीको पीसीआर परीक्षण गर्नेछ । जस बापत अस्पतालले टेलिकमबाट ३७, लाख ८६ हजार ६५० रुपैयाँ पाउनेछ ।

यस्तै उपत्यका बाहिर १०२५ जना कर्मचारीको पीसीआर टेस्ट गर्ने कामको जिम्मा बिध म्यानेजमेन्ट प्रालिले प्राप्त गरेको छ । जसका लागि कम्पनीले ४३ लाख पाँच हजार रुपैयाँ कबोल गरेको छ ।

पीसीआर परीक्षणका लागि उपत्यका बाहिर प्रतिव्यक्ति ४००० रुपैयाँ र उपत्यकाभित्र ३४९० रुपैयाँ खर्च गर्ने बताएको छ ।

सरकारले भने पीसीआर परीक्षणका लागि शुल्क ४४०० रुपैयाँभन्दा बढी लिन नपाउने व्यवस्था गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *