महिलाको मुखभित्रबाट निकालियो चार फिट लामो सर्प, कसरी पस्याे ?

एजेन्सी । एक महिलाकाे मुखभित्रबाट चार फिट लामाे सर्प निकालिएकाे भिडियाे अहिले व्यापक चर्चामा छ । उक्त घटना हाे  रसियाकाे लेभासी गाउँमा रहेकाे दागेस्तेनस्थित एक घरकी महिलाकाे ।

ती महिला घरकाे आँगनमा सुतिरहेका बेला उक्त सर्प उनको शरीरभित्र प्रवेश गरेको डेली मेलले रिपोर्टलाई उद्धृत गर्दै लेखेकाे छ । सर्प पसेपछि महिलाको स्वास्थ्यमा अचानक गडबडी देखिएकाे र उनलाई तत्काल अस्पताल पुर्याइएको बताइएकाे छ ।

पुरुष डाक्टरले पञ्जा लगाएर ती महिलाको घाँटीमा ट्युब छिराएर सर्प निकालिरहेको भिडियोमा देख्न सकिन्छ । महिलाको मुखबाट सर्प निस्कने बित्तिकै महिला स्वास्थ्यकर्मीले निकै डराएको भावसहित त्यो समात्छिन् । उनी आत्तिदै पछाडि सर्छिन् र महिलाको मुखबाट निकालिएको वस्तु सर्प भएको थाहा पाएपछि स्वास्थ्यकर्मी कराएको पनि सुन्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *