विराट मेडिकल कलेजः होल्डिङ्ग सेन्टरले संक्रमितकाे उपचारमा सहज (भिडियाेसहित)

  • सुजाता लिम्बु

काठमाडौँ । विराट मेडिकल कलेजमा ६० शय्याको होल्डिङ सेन्टरकाे शुभारम्भ गरिएसँगै काेराेना भाइरस (काेभिड १९) संक्रमितकाे उपचारमा सहज भएकाे छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले साधारण अवस्थाका कोरोना सङ्क्रमितहरूको उपचारमा सहजीकरणको लागि भाद्र ४ गते उक्त उक्त होल्डिङ्ग सेन्टरको शुभारम्भ गरेका थिए । होल्डिङ्ग सेन्टरको शुभारम्भसँगै उपचारमा सहज भएकाे हाे ।

उक्त सेन्टरको क्षमता ६० शय्याको रहेकोमा २० शय्या यस अस्पताल लगायत अन्य अस्पतालका कर्मचारीहरूका लागि र बाँकी ४० शय्या सर्वसाधारण बिरामीहरूका लागि छुट्ट्याइएको छ ।

भिडियाेः

हाल समुदायस्तरमा देखा पर्न थालिसकेको अवस्थामा अस्पतालका सञ्चालक समेत संक्रमित भएका थिए । बिरामी, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरू लगायत सर्वसाधारणहरुले दुःख व्यहाेर्नु नपरोस् र थप आर्थिक भार तथा झन्झट व्योहोर्नु नपरोस् भन्ने उद्देश्यले यस प्रकारको पहिलो होल्डिङ्ग सेन्टरको स्थापना गरिएको डा. पुरू काेइरालाले जानकारी दिए ।

सेन्टरको सञ्चालनको दैनिक खर्च सम्बन्धित निकाय र दाताहरूबाट प्राप्त नहुन्जेलसम्म अस्पतालका सङ्क्रमित कर्मचारीहरूको उपचार निःशुल्क रहने र अन्य सङ्क्रमित बिरामीहरूको उपचार भने स–शुल्क गरिने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *