आमाबुबा बन्दै अनुष्का र विराट, भन्छन्–‘दुईबाट तीन बन्दैछौं’

एजेन्सी । बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली आमाबुवा बन्ने भएका छन् ।

उनीहरुले आउँदो बर्ष आफूहरु दुईबाट तीन जना हुने बताएका छन् । कोहली र शर्माले बिहीबार आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमार्फत् गर्भवती भएको तस्वीर सार्वजनिक गर्दै आमाबुवा बन्न लागेको जानकारी दिएका हुन् ।

कोहली र शर्मा दुबैले आफ्नो ट्वीटरमा लेखेका छन्,–‘र त्यसपछि, हामी तीन जना हुनेछौं ।’ उनीहरूले बच्चा जन्मिने मिति सन् २०२१ रहेको समेत सार्वजनिक गरेका छन् । कोहली र शर्माको केही वर्षको प्रेमपछि सन् २०१७ डिसेम्बर ११ गते इटालीमा पुगेर विवाह गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *