काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा थपियो, के के खुल्छन् त ?

काठमाडौँ । उपत्यकामा एक साताका लागि निषेधाज्ञा थप भएको छ । उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसहितको बैठकले निषेधाज्ञा थप गर्ने निर्णयमा पुगेको हो । यही भदौ ३ गतेदेखि जारी निषेधाज्ञा एक साताका लागि थप गर्ने निर्णय गरेको हो ।
काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।
निषेधाज्ञा लगाइएको अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामबाहेक बाहिर निस्कन पाइने छैन । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ ।
अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायबाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ । होटल, रेष्टुरेन्ट, फुटपाथ पसलसमेत बन्द हुनेछन् । अघिल्लो बुधबार मध्यरातिदेखि जारी एकहप्ते निषेधाज्ञाको अवधि आज (बुधबार) राति १२ बजेबाट सकिँदै थियो ।
[wp-embedder-pack width=”700″ height=”400px” download=”all” download-text=”” attachment_id=”99977023755″ /]








