‘आवश्यक नभई पिसिआर परीक्षण गर्नुको अर्थ छैन’
म कोरोना संक्रमीत ! म अहिले आइसोलेसन हस्पिटलमा बसिरहँदा मलाई लाग्याे कि आवश्यक नभईकन पिसिआर परीक्षण गर्नुको कुनै अर्थ छैन । पिसिआर नै कोरोनाबाट बच्ने अन्तिम विधि पनि होइन ।
पिसिआर कोरोनाको राम बाँण पनि होइन । पिसिआर टेस्ट गर्नु कुनै युद्ध जित्नु हैन । पिसिआरले मानिसलाई आनन्द भन्दा बढी तनाव दिन्छ । पिसिआर परीक्षण गर्न दिएको सात दिनसम्म रिपोर्ट आउँदैन । अहिले पिसिआर टेष्टलाई फेसन बनाइदै छ। पिसिआरलाई आफनो स्वाभिमान र अधिकारसँग जोडनु हुँदैन । यो आवश्यकता अनुसार मात्र गर्नु उपयुक्त हुन्छ ।
रिपोर्ट नआन्जेल दिनमा चैन र रातमा निद्रा लाग्दैन । मन पोले जस्तो हुन्छ । जुन मलाई पनि भएको थियो । ट्वाइलेट लागे जस्तो, ज्वरो आए जस्तो, घाटी दुःखे जस्तो हुन्छ । साइको पर्छ ।
मनोवैज्ञानिक रुपमा मानिस आधिउधी विरामी भै सक्छ । तातो पानी खान थाल्छ । जे जे अरुले भन्छन् त्यही गर्न थाल्छ । आर्युवेदिक र होमियोपेथिक औषधी लिन दगुर्छ । लाग्छ उ कोभिड संक्रमित नै भइसकेको हो ।
अन्तमा रिपोर्ट आउँदा नेगेटिभ आउछ अनि लखतरान भएर खाटमा उत्तानो परेर धन्न प्रभु मलाई केही भएन भनेर लामो सास लिन्छ । त्यसैले लक्षण विहिनहरुको लागि पिसिआर दुःखको साधन मात्र हो । चुप लागेर घरमा आईसोलेसनमा बसे सुखको अनुभूति हुन्छ । घरमा आराम गर्नु नै उसको जित हुन्छ ।
अहिले म जताततै सरकारले पिसिआर परीक्षणको दायरा बढाएन भनेको सुन्छु । जतिसक्दो पिसिआर गर्नु पर्थ्याे भन्ने आवाज हरेक तह र तप्काबाट उठेको सुन्छु । हाम्रो समाजको आम मानिसहरुको बुझाई नै यही छ ।
तर आम जनजीवनले बुझे जस्तो व्यवहारमा छैन । म पनि संक्रमित हुनुपूर्व यसै भन्थे । तर म संक्रमण भए पश्चात थाहा पाए पिसिआरको वास्तविकता र आवश्यकता त अर्कै रहेछ । हामीले सामान्यता कतै पिसिआरको दुरुपयोग त गरिरहेका छैनौ भन्ने लाग्छ । पिसिआर महंगो प्रविधि हो । यसको परीक्षण गर्दा धेरै पैसा लाग्छ ।
आवश्यकता बमोजिम मात्र पिसिआरको उपयोग गरी जिम्मेवार र असल नागरिकको परिचय दिउँ । पीसिआर परीक्षण गरेर समाजमा इज्जत बढदैन ठूलो मान्छे होइदैन भन्ने बुझेर राज्यको अनावश्यक खर्च बढाउने तर्फ नलागौं।
सामान्य मानिसले अनावश्यक रुपमा पिसिआर गर्दा वास्तविक पिसिआर गर्नुपर्ने मानिस कतै पिसिआर गर्नबाट बन्चित त हुँदैनन ? सिनेमा हलको टिकट काटे जसरी लाइनमा बसेर जोडबल लगाएर पिसिआर गर्नुको कुनै अर्थ छैन ।
अनेक खण्ड गरेर पीसिआर टेष्ट गर्याे । यदी पोजेटिभ आए घरमा नै बस्ने हो । कुनै अस्पतालमा अव बेड खाली छैन । सवै कोभिड अस्पताल भरिभराउ छन् । यदी बेड खाली भएर हस्पिटल भर्ना भएपनि कुनै लक्षण नभएका संक्रमितलाई गरिने कुनै उपचार पनि छैन ।
आईसोलेसन हस्पिटलमा गएर पनि बेड रुङने मात्र हो । त्यसरी हस्पिटलमा बस्दा बेकारमा अनेक समस्याको बोझ बोक्नु पर्छ । मानसिक तनाबको भारी टाउको भरी बोक्नु पर्छ । साइकोसिस, मेनिया र डिसअर्डको शिकार भइन्छ ।
पिसिआरको रिपोर्ट आउने बेलासम्ममा मानिस बहुला जस्तो भै सकेको हुन्छ । तनाबले टाउको फुलिइ सकेको हुन्छ । त्यसैले मरिहत्ते गरेर सोर्सफोर्स लगाएर पिसिआर परीक्षण नगरौं । पिसिआर जसलाई आवश्यक छ उसलाई मात्र गरौं ।
यदी कसैमा कुनै लक्षण छैन भने बेकारमा पिसिआर टेस्ट गर्नु भनेकाे किट र साधन स्रोतको बर्बादी मात्र हुन्छ । त्यही किट आवश्यक मानिसलाई प्रयोग गर्न सकिन्छ । त्यसैले लहड र हुँईयामा लागेर हैन चेतना र यथार्यतामा विश्वास गरौं । पिसिआरलाई सामाजिक प्रतिष्ठाको बिषय नबनाउ ।
यदी पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आयो भने परीक्षण गर्दाको समयसम्म मात्र तपाईमा कोरोना थिएन भन्ने हो । तपाई कोरोनाबाट सुरक्षित रहनु हुन्छ भन्ने हैन ।
अहिले त पिसिआर परीक्षण गर्ने अनि नेगेटिभ रिपोर्ट आयो भने दशैं मनाए जसरी हर्सोउल्लासका साथ फेसबुकमा पर्व मनाइरहेको एक खाले जमात देखिन्छ ।
फेसबुकको वाल रंगिन बनाउन पिसिआर परीक्षण गर्नु एक प्रकारको राज्यको स्रोत र साधनको दुरुपयोग मात्र हो । यदी कोही संक्रमितको नजिकैको सम्पर्कमा छ भनेपनि उसलाई कुनै लक्षण छैन भने १४ दिनसम्म थ्रि स्टार होटलको सुविधा सहित घरमा नै खानपिन गरेर बस्नु राम्रो हुन्छ ।
आइसोलेनमा त दर्दनाक जीवन विताउनु पर्ने हुन्छ । ‘आफू नमरी स्वर्ग देखिँदैन’ भने झैं आइसोलेसनमा बसेका संक्रमितलाई मात्र थाहा छ आइसोलेनमा बस्दाको पिडा । पिसिआरको लागि अनावश्यक तनाव लिने र दवाव दिने नगरौं । बरु आरामसँग घरमा नै आइसोलेनमा बसौ । विस्तारै कोरोना हराएर निक्रिय भएर जान्छ ।
संक्रमित भएँ भनेर आत्तिएर होस नगुमाउँ । आत्मबल कमजोर पनि नबनाउँ । कुनैपनि रोग नभएका युवा उमेरकाले अलिकति पनि त्रसित हुनु पर्दैन । तर, पूरानो रोग भएका बृद्ध बृद्धाले भने थोरै सावधानी र सचेतता अपनाउनु भने पर्छ ।
हजारौ मानिस कोरोनामुक्त पनि भएका छन् । यो यथार्थ नभूलौं । मरेका सबै मानिस कोरोनाले मात्र मरेका होइनन् । कुनै न कुनै पुरानो रोग हुने मात्र मरेका हुन् । कोरोनाले मात्र नेपालमा मान्छे मरे भनेर अहिलेसम्म सुनिएको छैन ।
कोरोनाले यती मरे उति मरे भन्ने पत्रपत्रिकामा सुनिन्छ तर, हामी यो बिर्सन्छौ कि बर्षमा निमोनिया, टिवी वा अन्य सामान्य रोगले कति मान्छे मर्छन भनेर । कोरोना परीक्षणको रिपोर्टको पनि बैधतामा प्रश्न उठीरहेको छ । एकै व्यक्तिको रिपोर्ट पोजेटिभ र नेगेटिभ आइरहेको छ । यो दोधारको स्थितीमा आफ्नो विवेकको प्रयोग गर्नुपर्छ ।
कोरोना टेस्ट गरेर पोजेटिभ बाहक भै बर्षाैं सम्म समाजको आँखा तर्ने पात्र बन्नुभन्दा पिसिआर परीक्षण नगरी घरमा नै १४ दिनसम्म होम आइसोलेसनमा बस्नु सबैको लागि उत्तम हुन्छ ।
आवश्यकता बमोजिम मात्र पिसिआरको उपयोग गरी जिम्मेवार र असल नागरिकको परिचय दिउँ । पीसिआर परीक्षण गरेर समाजमा इज्जत बढदैन ठूलो मान्छे होइदैन भन्ने बुझेर राज्यको अनावश्यक खर्च बढाउने तर्फ नलागौं ।
अन्तमा,
कोरोना आफ्नै रोग प्रतिरोधात्मक क्षमताले निको हुने रोग हो । कुनै औषधीले होइन । आइसोलेसन\क्वारेन्टाइन भनेको संक्रमितहरु बस्ने फ्याक्ट्री हो ।
यदी कोरोना संक्रमण भै हाले पनि डराउने आत्तिने गर्नु पदैन । धैर्यता राख्नु पर्छ । यो एक सामान्य प्रकारको रुघा खोकी, एलर्जी वा फ्यू मात्रै हो । त्यसैले संक्रमित भए भनेर आत्तिएर होस नगुमाउ ।
आत्मबल कमजोर पनि नबनाउ । सकारात्मक सोच र उच्च मनोवलका साथ सदा झै आफ्नो दैनिकी निरन्त्तर सञ्चालन गरौं ।
कुनै पनि रोग नभएका युवा उमेरकाले अलिकति पनि त्रसित हुनु पदैन । तर पूरानो रोग भएका बृद्ध बृदाले भने थोरै सावधानी र सचेतना अपनाउनु भने पर्छ ।