हिक्मत कार्कीले आज सानो आकारको मन्त्रिपरिषद् बनाउने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज सानो आकारको मन्त्रिपरिषद् बनाउने भएका छन् ।

बिहीबार दिउँसो मुख्यमन्त्री नियुक्त भएका कार्कीले बेलुका आफ्नो शपथ ग्रहण सँगै सानो आकारको मन्त्रिपरिष्याद पनि बनाउने भएका हुन्।

मुख्यमन्त्री कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । भण्डारीका अनुसार एमालेबाट मुख्यमन्त्रीसहित दुई जना र माओवादी केन्द्रबाट एक जना मन्त्री बन्नेछन् ।

मन्त्रीको नाम भने टुङ्गो लगाउन दुवै दलले छलफल गरिरहेका छन्।

एमालेबाट राम राना र माओवादी केन्द्रबाट दुर्गा चापागाईं, गणेश उप्रेती, नारायण बुर्जामगर, राजेन्द्र कार्की र बाबुराम गौतमको नाम चर्चामा छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *