कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त, आजै शपथ

कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।  प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई ५२ जना सांसदको हस्ताक्षर सनाखत भएसँगै मुख्यमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेका हुन् ।

प्रदेश प्रमुखले बुधबार बेलुका मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए। कार्कीले आजै बिहान ५२ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष आफ्नो दाबी पेश गरेका थिए। उनलाई एमालेका ३९ र माओवादी केन्द्रका १३ सांसदले समर्थन गरेका हुन् ।

एमाले सांसद समेत रहेकी उपसभामुखको भने हस्ताक्षर बुझाइको छैन। संविधानको धारा १६८ (५) बमोजिम कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

उनलाई आजै साँझ ५ बजे सपथ गराउने प्रदेश प्रमुखको तयारी छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *