सुशान्तसिंह राजपूत हत्या प्रकरण : सीबीआईले रियालाई सोध्दैछ, यस्ता प्रश्नहरु

एजेन्सी । सुशान्तसिंह राजपूतको हत्या प्रकरणमा सीबीआईले अनुसन्धान जारी राखेको छ ।

सीबीआईले रियालाई कुनै पनि समयमा सोधपुछको लागि बोलाउन सक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाउँदै आएका थिए ।

सीबीआईले आज रियालाई राजपूतको हत्यामा आफ्नो समन्वयको बारेमा सोध्ने भएको छ ।

रियालाई यी प्रश्नहरु सोध्दै सीबीआईः
१, अचानक के भयो त्यस्तो, किन तपाईँले आफ्नो घर छोड्नुभयो ?
२, सुशान्तको नम्बर किन ब्लक गर्नभयो ?
३, सुशान्त बिरामी थिए ?
४, सुसान्त बिरामी हुँदा कुन/को डाक्टरकहाँ जान्थे ?
५, सुशान्तको बैंक खातासँग सम्बन्धित प्रश्नहरू रियासँग पनि सम्बन्धित हुन सक्दछ ?

यसका अलवा नीरज, सिद्धार्थ पिठानी र दिपेश सावंतलाईसमेत आज सीबीआईले सोध्न सक्ने जनाइएको छ ।

आजतकले समाचारमा जनाएअनुसार रियालाई सोधपुछ गरेपछि सीबीआईले नीरज, सिद्धार्थ पिथानी र दिपेशसँग समेत सोधपुछ गर्नेछ ।

तिनीहरु तीनै जना सुशान्तको मृत्युको दिन अभिनेतासँगै एउटै फ्ल्याटमा उपस्थित थिए । त्यसकारण तीनैको बयान मुद्दाको सत्यता थाहा पाउन धेरै महत्वपूर्ण छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *