महात्मा गान्धीको चस्मालाई दुई करोड ५५ लाख !

एजेन्सी । भारतका महात्मा गान्धीको चस्मा दुई करोड ५५ लाख भारतीय रुपैयाँमा लिलाम भएको छ । बेलायतको लिलामी संस्था इस्ट ब्रिस्टल अक्सन्सले गरेको बोलबढाबढ लिलामीमा गान्धीको चस्मा अमेरिकी नागरिकले किनेका हुन् ।

गान्धीको चस्मा १४ लाख भारुसम्ममा बिक्री हुने अपेक्षा रहेको इस्ट ब्रिस्टलका एन्ड्रयू स्टोले बताएका थिए ।

सो चस्माका मालिक ब्रिस्टलको म्यानगट्सफिल्डका वृद्धले लिलामीबाट आएको रकम छोरी र आफूले बाँडेर लिने बताएको बिबिसीले उल्लेख गरेको छ ।

दक्षिण अफ्रिकामा काम गर्ने बेला गान्धीले आफ्ना काकालाई सो चस्मा दिएको ती वृद्धले बताएका छन् । सन् १९१० देखि १९३० को अवधिको समयमा त्यो चस्मा उनका काकाले प्राप्त गरेको बुझिएको छ ।

महात्मा गान्धी भारतीय स्वतन्त्रता आन्दोलनमा अहिंसाका पथप्रदर्शक थिए । उनकै प्रेरणामा भारतमा शान्तिपूर्ण आन्दोलनबाट ब्रिटिस साम्राज्यवादको अन्त्य भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *