टुङ्गियो पूजा र प्रकाशबीचको विवाद

काठमाडौं । केही समयदेखि चलिरहेका नायिका पूजा शर्मा र संचारकर्मी प्रकाश सुवेदीबीचको विवाद टुंगिएको छ ।

चलचित्र कलाकार संघ, चलचित्र निर्माता संघका अध्यक्षहरुको रोहबरमा नायिका शर्मा र संचारकर्मी सुवेदीबीच विवाद मिलापत्रमा टुंगिएको हो । एपीवान् टेलिभिजनका मालिक क्याप्टेन रामेश्वर थापाको पहलमा दुवैबीचको विवाद टुंगिएको हो ।

दुई पक्षबीच भएको सहमतिमा प्रकाशले संचालन गर्दै आएको कार्यक्रमका सम्बन्धमा विगतमा भएका असहमति, उजुरी लगायतलाई अन्त्य गर्ने सहमति भएको छ ।

साथै, अब प्रकाशले संचालन गर्दै आएको कार्यक्रममा पेशागत मर्यादामा रहेर प्रचलित कानुन र पेशागत आचारसंहिताको परिपालनातर्फ सजग रही भविष्यमा आपसी सद्भाव बिग्रन नदिने प्रवृत्तिमा दुवैपक्ष संवेदनशिल र सचेत रहने कुरा उल्लेख छ ।

नायिका पूजा र सुवेदीबीचको मिलापत्रमा कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नृत्यकार संघका अध्यक्ष जनक कार्की लगायतले हस्ताक्षर गरेका छन् ।

संचारकर्मी प्रकाश सुवेदीले आफूले संचालन गर्दै आएको कार्यक्रममार्फत पत्रकारिता आचारसंहिताको उल्लंघन गर्दै आफूलाई अपशब्द प्रयोग गरेको भन्दै नायिका शर्माले कलाकार संघ लगायत विभिन्न संस्थामा उजुरी दिएकी थिइन् । कार्यक्रमबाट प्रकाशले माफी मागेपनि पूजाले माफी चित्त नबुझेको बताएकी थिइन् ।

दुई पक्षबीच भएको सहमतिमा प्रकाशले संचालन गर्दै आएको कार्यक्रमका सम्बन्धमा विगतमा भएका असहमति, उजुरी लगायतलाई अन्त्य गर्ने सहमती भएको छ ।

उनले, अब आगामी दिनमा कार्यक्रममा नेपाली चलचित्र र कलाकारलाई होच्याउने खालका शब्द प्रयोग हुने छैनन् भन्नेमा आफूहरु आशावादी रहेको पनि सुनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *