पोर्चुगलका ७१ वर्षीय राष्ट्रपति जसले समुद्रमा हामफालेर दुई महिलालाई बचाए

एजेन्सी । पोर्चुगलका ७१ वर्षीय राष्ट्रपति मार्सेलो रेबेलो देले समुद्रमा हामफालेर दुई महिलाको ज्यान बचाएका छन् । शनिबार अलगर्व बीचमा डुब्नै लागेका दुई महिलाको ज्यान उनले बचाएका हुन् ।

ती दुई महिला सानो डुंगामा सवार थिए । केही कारणवस् उनीहरुको डुंगा पल्टियो । उनीहरुले आफ्नो ज्यान बचाउनका लागि संघर्ष गरिरहेका थिए । समुद्र तटमा भएका राष्ट्रपति तत्काल पौडी खेलेर उनीहरु भएकाे ठाउँमा पुगे र एक अन्य व्यक्तिको मद्दतले उनीहरुको ज्यान बचाए ।

अहिले राष्ट्रपतिको यो साहसिक प्रयासको चौतर्फी प्रशंसा भइरहेको छ । राष्ट्रपति मर्सेलो हृदयरोगी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *