बँदेलले ल्यापटप चोरेर भागेपछि…

विश्वमा अचम्म–अचम्मका घटना घटिरहेका हुनछन् । यस्तै एउटा घटना घटेको छ बर्लिनमा ।

बेलायतका प्रकृतिप्रेमी एक पुरुषको निर्वस्त्र तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । प्रकृतिमा लीन हुनका लागि निर्वस्त्र डुलिरहेका एक वृद्ध जंगली बँदेलको पछिपछि दौडिएको तस्विरमा देख्न सकिन्छ ।

जंगलमा विश्राम गरिरहेको बेला ती व्यक्तिले आफ्नो नजिकै राखेको झोला बँदेलले मुखमा च्यापेर भागेको देखिन्छ । ल्यापटप सहितको ब्याग बँदेलले चोरेपछि उनी त्यो ब्याग लिनका लागि बँदेलको पछि–पछि दौडिएका हुन् । बँदेल र ती वृद्धसँगै बँदेलका दुईवटा पाठाहरु पनि दौडिएका छन् ।

भिनेत्री एडेल ल्याण्डेएरले फेसबुकमा उक्त फोटो शेयर गरेसँगै त्यो भाइरल बन्यो । बर्लिनस्थित चर्चित सनबाथिङ क्षेत्र टोएफेल्सीमा उक्त घटना भएको हो । अभिनेत्री एडेलका अनुसार ती व्यक्तिले केहीबेर लखेट्दै हल्ला गरेपछि बँदेलले उक्त ब्याग मुखबाट छाडेर भागेको थियो ।

ब्याक टू नेचर समेत भनिने उक्त निर्वस्त्र संस्कारलाई जर्मनीमा Freikorperkultur भनिन्छ र पछिल्लो समयमा त्यहाँ सार्वजनिक स्थान र पार्कहरुमा नांगिने क्रम बढेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *