म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउनेलाई कसले गर्ला कारवाही ?

काठमाडौं । हिजो मात्र युट्युबमा ‘देशद्रोही’ नामक टाईटलमा एउटा गीत सार्वजनिक भयो । गीत सार्वजनिक भए लगतै सर्वसाधारणदेखि कलाकारहरुले समेत गीतको चर्को बिरोध गरेका छन् ।

गीतमा जातीय कुरा उठाएसँगै देशको झण्डा समेत जलाईएको छ । बाहुन क्षेत्री यो देशको लुटेरा र मगन्ते हुन भनि जातीय सद्भाव भड्काउने शब्दहरु प्रयोग गरीएको गीत र भिडियोले गम्भिर प्रश्न चिन्ह खडा गरेको छ ।

बाहुन क्षेत्री लुटेरा हुन भनी चिन्नुपर्छ, र अब तिनीहरुलाई यो देशबाट लखेट्नु पर्छ, भनी अमर्यादित शब्दहरु मात्र प्रयोग गरीएको छैन, म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा नै जलाइएको छ ।

नेपाल र नेपालीको पहिचान ढाकाटोपीको समेत अपमान गरिएको छ । जस्ले यो देश बचाउनको लागि आफुलाई बलीदान दिए उनै बिर योद्धाहरुको फोटोहरु जलाई आफुलाई देशको महान नागरिक भएको देखाइएको छ ।

यो गीत ‘मङगोल हप’को युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गीत सामाजीक सञ्जालमा भाईरल भएसँगै गीतका सम्पुर्ण टिमलाई कडा कार्वाहीको माग समेत गरिएको छ ।

र्याप जनरामा प्रस्तुत गरिएको गीत मङगोल ग्याल्ज लि एटिएमले लेखेका छन् । पछिल्लो समय गीत संगितमा बिकृति नआएका भने होईनन्, तर देश माथी नै प्रश्न चिन्न खडा गर्ने खालका भने थिएनन् ।

गीतको खण्डन गर्दै नायक पल शाहले लेखेका छन्–‘सबै सहन्छौं तर देशको झण्डा जलाउने अधिकार कोहि कसैलाई छैन । सिङ्गो देशको गौरव राष्ट्रिय झण्डा जलाउनेलाई कडा कार्बाही गरियोस र यो भिडियो र अडियोको सम्पूर्ण टिमलाई पनि कडा भन्दा कडा कार्बाही होस !’

मुलुकी अपराध संहिता २०७४ अनुसार राष्ट्रिय गान वा राष्ट्रिय झण्डाको अपमान वा क्षति गर्नु हुन्न। कसैले राष्ट्रिय झण्डाको अपमान गरेमा कानुन अनुसार ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै हुन सक्नेछ।

क्यामरामेन पक्राउ

यता नेपाल प्रहरीले राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियाे बनाउने क्यामेरामेन पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार उनलाई काठमाडौंबाट पक्राउ गरेको स्रोतले जानकारी दिएको छ।

उनको परिचय भने खुलाइएको छैन। यस भिडियाेका गायक गेल्जङ दोर्जे तामाङलाई प्रहरीले खोजी गरिरहेको छ। झण्डा जलाएको भिडियाेको चौतर्फी विरोध भएपछि महानगरीय अपराध महशाखाको टोलीले अनुसन्धान थालेको हो। उक्त म्युजिक भिडियाे मकवानपुरको बागमति गाउँपालिका-३स्थित सल्लेनीको विष्णु आधारभूत विदयालयमा खिचिएको देखिन्छ।

महाशाखाले यस्तो भिडिओलाई सेयर नगर्न र यसमा संलग्न नहुन अनुरोध गरेको छ।

हेर्नुहाेस भिडियाे

https://youtu.be/THyGVAWzSx4

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *