निर्मलाले न्याय नपाउनु हाम्रो देश छोरीको निम्ति स्वर्णिम नहुनु हो : अभिनेत्री थापा

काठमाडौं । अभिनेत्री तथा सामाजिक अभियन्ता रेखा थापाले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा पत्ता नलाग्नु विरोधाभास भएको टिप्पणी गरेकी छन् ।

उनले निर्मलाको हत्यारा पक्राउ नपर्नु देशका लाखौं छोरीहरुको मनमा भएको राज चलाउनुसरह भएको समेत टिप्पणी गरेकी हुन् ।

सामाजिक सञ्जाल फेसबूकमा स्थिति राखेकी अभिनेत्री थापाले पीडितलाई न्याय दिन नसक्नु लाखौं नेपाली छोरीहरुका आमाबुबामाथि डर लाद्नु भएको बताइन् ।

“निर्मलाले न्याय नपाउनु भनेको यो देशका लाखौं छोरीहरुको मनमा भएको राज चलाउनु हो ।” अभिनेत्री थापाले आफ्नो आधिकारिक फेसबूकमा लेखेकी छिन्, ‘लाखौं किशोरीका आमाबुवामाथि एउटा डर लाद्नु हो । समग्रमा हाम्रो देश छोरीको निम्ति स्वर्णिम नहुनु हो ।’

कञ्चनपुरकी १३ वर्षीय निर्मलाको बलात्कारपछि हत्या भएको साउन १० गते दुई वर्ष पुगेको छ । तर, पनि निर्मलाले अझैं न्याय पाउन भने सकेकी छैनन् ।

उनै निर्मलाको न्यायका लागि लडेका एक बालक शनि खुनाको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो । पछिल्लो समय पुनः सर्वसाधारणदेखि कलाकारहरुले निर्मलाको न्यायका लागि आवाज उठाउन थालेका छन् ।

पछिल्लो केही दिनदेखि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका शिर्ष नेताहरुको सामाजिक सञ्जालहरुमा दबाबस्वरुप ‘जस्टिस फर निर्मला’भन्दै लाखौं टिप्पणीहरुसमेत हुन थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *