नेताहरूको रिहाईको माग गर्दै नेविसंघद्वारा नेपाल कमर्श क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी

काठमाडौं । नेपाल विद्यार्थी संघ नेपाल कमर्स क्याम्पस इकाईले आज नेपाल कमर्स क्याम्पसका प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ ।
त्रिभुवन विश्वविद्यालयले लिन बाँकी परिक्षाको विकल्प खोज्दै उपकुलपतिको कार्यालयमा प्रर्दशनमा उत्रिएका नेपाल विद्यार्थी संघका नेता/कार्यकर्ताहरुलाई विना सर्त रिहाइको लागि दबाब दिन नेविसंघले तालाबन्दी गरेकाे इकाईका अध्यक्ष सरोज तिमल्सिनाद्वारा जारी गरिएकाे विज्ञप्तिमा उल्लेख छ ।
संघका अध्यक्ष तिमल्सिनाले नेविसंघका नेताहरू अन्शुल केसी, सागर चौधरी, राजेस राज मगर, रोशन श्रेष्ठ, रेक्सन श्रेष्ठ, रवि रोकाय, गणेश टन्डन क्याम्पस प्रमुख कार्यकक्षमा पुगेर तालाबन्दी गरेका थिए ।
उपकुलपति र प्रहरीका केही अधिकारीहरुको मिलेमतोमा गिरफ्तार गरेका साथीहरुलाई झुटाे मुद्दा लगाउन खोजिएको भन्दै यदि त्यस्तो गरे नेविसंघले देशभरबाट आन्दोलनको आँधिभेरी ल्याउने पनि विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।









