सिन्धुपाल्चोकमा पहिरोले १३ बढी घर पुरिए, ठूलो मानवीय क्षतिको आशंका !
२०७७ साउन ३० गते

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा पहिरो जाँदा १३ घर बढी पुरिएका छन् । आज बिहान करिब ६ बजेतिर पहिरोले १३ घरभन्दा बढी घर पुरिएका हुन् ।
सिन्धुपाल्चोकका प्रशासकीय अधिकृत सुनिता पहरीले मकालु खबरलाई दिएको जानकारी अनुसार १३ बढी घर पुरिएका छन् भने ५ घरका परिवार सम्पर्कमा छैनन् । घटनास्थलमा उद्दारको लागि प्रहरी परिचालन गरिएको उनले जानकारी दिइन् ।
प्रहरी घटना स्थल पुगिनसकेकाले विस्तृत विवरण आउँन सकेको छैन । घाइते र पहिरोमा पुरिएकाको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाउने तयारी भइरहेको प्रशासकीय अधिकृत पहरीले जानकारी दिइन् । सामान्य घाइते भएर निस्कन सक्नेहरु १५ जना निस्किएर लप्सेचौर भन्ने स्थानमा गएर बसेका छन् ।
सम्पर्कविहिन भएका ५ घरमा कति जना थिए भन्ने यकिन नभएको उनले बताइन् । लिदिमा १ सय ७२ घर पहिरोको उच्च जोखिममा थिए ।
२०७७ साउन ३० गते
प्रतिक्रिया








