दक्षिण एसियाली युवा महोत्सव आयोजना, १४ देखि २४ वर्षका युवाले भाग लिन पाउने

काठमाडौं । ग्लोकल आफ्टर स्कुललले दक्षिण एसियाली युवा महोत्सवको आयोजना गरेको छ । युवाहरुमा कौशल विकासका लागि काम गर्दै आएको संस्था ग्लोकलले अगस्ट १२ देखि अन्तराष्ट्रिय युवा दिवसलाई लक्षित गरेर दक्षिण एसियाली युवा महोत्सव २०२० आयोजनाको घोषणा गरेको हो ।

आयोजना अगस्ट १२ देखि सेप्टेम्बर ३ सम्म सञ्चालन हुने छ ।

उक्त कार्यक्रम आयोजनामा सहभागी हुन इछुक युवाहरुले १२ अगस्टबाट निवेदन दिन सकिने संस्थाले जनाएको छ । कार्यक्रम विभिन्न दक्षिण एशियाली संस्थाहरुको समायोजनमा गर्न लागिएको हो ।

कार्यक्रममा सहभागीले विभिन्न सीपमा आधारित कुशल कार्यशाला, रचनात्मक प्रतिस्पर्धा एवम् प्यानल छलफल जस्ता विभिन्न गतिविधिहरुमा निःशुल्क भाग लिन पाउनेछन् । यस महोत्सवमा दक्षिण एसियाली देशहरूबाट १४ -२४ वर्ष उमेर समूहका युवाहरू भाग लिन पाउने छन् । उनीहरूलाई मनपर्दो गतिविधिहरूको लागि दर्ता गर्न प्रोत्साहित गरिएको छ ।

तीन हप्तासम्म चल्ने उक्त कार्यक्रमा विभिन्न प्रतियोगिताका बिजेताहरुको घोषणा पनि गरिने छ ।

उक्त दक्षिण एसियाली युवा महोत्सव २०२० दक्षिण एसियाली देशका युवाहरूलाई जम्मा गर्न, उनीहरूसँग जोड्न, साझेदारी गर्न र उनीहरूको दृष्टिकोण जान्न र यी समूहहरू बीचको बलियो सम्बन्धलाई अभिव्यक्त गर्ने उद्देश्यले आयोजना गरिएको हो । महोत्सव अनलाईन आयोजित भइरहेको छ ।

महोत्सवको सुरुवात दक्षिण एसियाली देशहरूका सरकार, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिनिधि र प्रेरणादायक युवाहरूको ओपनिङ प्यानेलबाट भएको थियो ।

महोत्सवमा नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले उक्त कार्यक्रमको आयोजना गरेकोमा ग्लोकल आफ्टर स्कुललाई बधाई दिएका छन् । उनले भने, ‘म ग्लोकल प्रा.लि लाई युवा शक्ति मनाउने एक विशाल मन्च सृजना गरेकोमा हार्दिक बधाई व्यक्त गर्न चाहन्छु ।  संघसंस्था, बहु उदेश्यीय आयोगहरुलाई पनि युवा दिवस २०२० भव्य तरिकाले मनाउन शुभकामना दिन चाहन्छु । मलाई विश्वास छ यो तीन हप्ते लामो कार्यक्रम युवा वर्गका समस्याहरुको समाधान ल्याउनेछ ।’

ग्लोकल आफ्टर स्कुल शिक्षा, उद्यमशीलता र सीपको क्षेत्रमा कार्यरत व्यवसायिक संस्था हो । विगत लामो समयदेखि युवा वर्गको सीप विकास गर्न र आफ्नो रुची भएको विषयमा पोख्त हुन विभिन्न कार्यक्रम, तालिम, प्रतिस्पर्धाहरु आयोजना गर्दै उनीहरुलाई प्रोत्साहित गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *