पर्सा खैरहनी जेसीजद्धारा पत्रकारहरूलाई स्वास्थ्य सामाग्री प्रदान

चितवन । चितवनको खैरहनीमा रहेको पर्सा खैरहनी जेसीजले पत्रकारहरूलाई स्वास्थ्य सामाग्री दिएको छ ।

पर्सा खैरहनी जेसीजका अध्यक्ष कविर श्रेष्ठले पूर्वी चितवन क्षेत्रमा क्रियाशील पत्रकारहरूको लागि पूर्वी चितवन पत्रकार सङ्घका अध्यक्ष होमनाथ सापकोटालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।

कोरोना भाइरस (कोभिड १९) को महामारीको समयमा समेत जनतालाई सही सूचना प्रदान गर्नको लागि जोखिम मोलेर काम गरिरहेका पत्रकारहरूको सुरक्षाको लागि स्वास्थ्य सामाग्री प्रदान गरिएको पर्सा खैरहनी जेसीजका अध्यक्ष श्रेष्ठले बताए ।

कार्यक्रममा बोल्दै पूर्वी चितवन पत्रकार सङ्घका अध्यक्ष सापकोटाले पत्रकारको स्वास्थ्यप्रति चिन्ता देखाएर जेसीजले गरेको सहयोगको लागि धन्यवाद ज्ञापन गरेका थिए ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा पर्सा खैरहनी जेसीजका कोषाध्यक्ष धर्मराज उप्रेती, पूर्वअध्यक्ष अमृत मल्ल, निवर्तमान अध्यक्ष शङ्कर कँडेल, महासचिव हरि सापकोटा लगायतले महामारीको समयमा समेत जोखिम मोलेर सूचना सम्प्रेषणको काममा लागेका पत्रकारहरूको उच्च कदर गर्दै प्रशंसा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 15 =