गायक निशानले प्रेमिका ऋचासँग गरे कानुनी विवाह

काठमाडौँ । नेपाल आइडल सिजन एकका फस्ट रनरअप गायक निशान भट्टराईले आज कानुनी विवाह गरेका छन् ।

मङ्गलवार धुलिखेल जिल्ला अदालतमा गायक भट्टराईले प्रेमिका ऋचा न्यौपानेसँग कानुनी विवाह (कोर्ट म्यारिज) गरेका हुन् । जिल्ला अदालतबाट उनीहरूले विवाहको प्रमाणपत्र ग्रहण गरेका थिए ।

गायक भट्टराईले स्वर भरेको ‘के माया लाग्छ र’ बोलको गीत पछिल्लो समय निकै नै हिट भएको थियो । भट्टराई नेपाली चलचित्रको साङ्गीतिक क्षेत्रमा चम्किएका गायक मध्ये एक हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 12 =