चितवनमा परीक्षणको दायरा बढाईने, राति गाडी चल्न रोक

चितवन । कोरोना संक्रमण भयावहको अवस्था हेरेर मात्रै चितवनमा सटडाउन, लकडाउन वा निषेधाज्ञाको नीति लिईने भएको छ । जिल्लामा अहिले कोरोना संक्रमण भयावह छैन् । तर बढ्दो रुपमा रहेको छ । कोरोना भाईरसको संक्रमण हुन नदिन सोमबार जिल्ला प्रशासन कार्यालय स्थानीय तहका प्रमुख वा प्रतिनिधिहरुसँग प्रशासन कार्यालयले छलफल गरेको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले कोरोना भाईरसको संक्रमण समुदायमा जान सक्ने संभावना देखिएकाले परीक्षणको दायरा बढाउने निर्णय भएको बताए । ‘केही स्थानमा देखिएको संक्रमणले समुदायमा जान सक्ने देखिएको छ’ प्रजिअ भट्टराईले भने, ‘त्यसको नियन्त्रणका लागि स्थानीय तहलाई सक्रिय बनाई परीक्षणको दायरा बढाईने छ । कोरोना जोखिम नियन्त्रणकै लागि मंगलबारदेबि लागू हुने गरी रातको समयमा राती ९ बजेदेखि विहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाईने प्रजिअ भट्टराईले जानकारी दिए ।

लामो दुरीका सवारीबाहेक अन्य सवारी सो समयमा संचालन गर्न पाईने छैन् । स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुसँग सोमवार भएको छलफलले संक्रमित देखिएको क्षेत्रमा सिल गर्ने, स्वास्थ्य संस्थामा संभावित बिरामीलाई मध्यनजर गर्दै क्षमता अभिवृद्धी गर्ने, भीडभाड हुन नदिन स्थानीय तहमा अनुगमन संयन्त्र बनाउने, बाहिरी जिल्लाबाट कामदार ल्याउन कडाई गर्ने, ल्याउनु परे स्वास्थ्य परीक्षण गराएर मात्र ल्याउने विषयमा पनि निर्णय भएको प्रजिअ भट्टराईले बताए ।

छलफलले नगरस्तर र वडास्तरमा अनुगमन संयन्त्र बनाउने सहमती भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताए । लुकीछिपी अहिले पनि बाह्य जिल्लाबाट आउनेक्रम रहेकाले वडास्तरमै अनुगमन संयन्त्र बनाउनु पर्ने निर्णय भएको शर्माले जानकारी दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार तत्कालका लागि लकडाउन, सटडाउन वा निषेधाज्ञा लगाईने छैन् । बैठकमा यी विषयमा छलफल भए पनि अवस्था भयावह नभएकाले तत्काललाई निर्णय नभएको उनले बताए । छलफलमा स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *