नायिका शर्मा खनिइन् सञ्चारकर्मी सुवेदीमाथि–भनिन्, ‘हामीलाई कसैले महानायिका बनाउनु पर्दैन’

काठमाडौँ – नायिका ऋचा शर्माले हालै चलचित्रसम्बन्धी टेलिजिभन कार्यक्रम ‘रजतपट अंकल’ का प्रस्तोता प्रकाश सुवेदीले अभिनेत्रीलाई लक्षित गरी गरेको अपमानजनक चित्रणको घोर भर्त्सना गरेकी छिन् ।

उनले आइतबार (आज) सामाजिक सञ्जाल फेसबूकमा छिन्, ‘तँ दारे छस्, तँ काली छस्, भ्यात्त परेकी छस् । यस्ता शब्द तपाईँलाई राष्ट्रिय टेलिभिजनमा एउटा कार्यक्रम प्रस्तोताले भनेको सुन्दा कस्तो लाग्ला? एउटा अभिनेत्री र त्यो भन्दा पहिला एउटा नारीको हैसियतले यस समाजले हामीलाई कसरी जिउनुपर्ने, समाजमा अटाउन कस्तो देखिनुपर्ने, कस्तो लगाउनुपर्ने, कसरी हिँड्नु, बोल्नु, खानु पर्ने भनेर बारम्बार सिकाइएको वा टिप्पणीको माला लगाइदिएको देख्दा, आक्रोश, हीनता र अस्थिरताले सताउँछ ।’

हामीले दुर्व्यवहारका कुरा बाहिर ल्याउन धेरै सोच्नुपर्छ, फेरि काम नपाउने डर छ । उनले अगाडी लेखेकी छिन्, ‘मेरो शरीरको बनावट उनीहरुले चाहेझैँ बनाउ, म आर्टिफिसियल, देखावटी हुन्छु, नबनाउ त म मोटी, दारा भएको, काली, भ्यात्त परेकी हुन्छु । जब–जब मान्छेले आफूलाई संरक्षक कहलाई अहंकार र अभिमानको बाटो रोजेका छन्, ठूला–ठूला मै हुँ भन्नेले पनि गद्दी छोड्नु परेको छ । मलाई म र तपाईँलाई तपाईँ बन्न नदिनेलाई अब चुप लगाउनुहोस् ।’

नेपाली चलचित्र क्षेत्रमा बलियो आत्मबल र आफ्नो अभिव्यक्ति बिना हिचकिचाहट प्रस्तुत गर्ने अभिनेत्रीका रुपमा परिचय बनाएकी शर्माले आफूप्रति हीनताबोध गराउन खोज्नेलाई सिधा जवाफ दिनुपर्ने उल्लेख गरेकी छन् । उनी लेख्छिन, ‘कसैले हिन्दीमा तपाईँलाई उखान सुनाएमा, अंग्रेजीमा–”I am unapologetically owning myself, can you kindly shut up?”  गरुँ भन्नुहोस् ।’

हामी परिश्रम र क्षमताले कलाकार भएका हौँ, कसैले हामीलाई महानायिका बनाउनु परेको छैन । कठै ! हाम्रो समाज र ती अग्रज भनाउँदाहरु, त्यो भन्दा कठै उनीहरु को सोच । तर अब ती कठैका सोचबीच कठैबरा बन्दिनँ ।’

उनले आफ्ना सहकर्मी अभिनेत्रीहरुसँग आग्रह गरेकी छन्, ‘एक दशकदेखि यस क्षेत्रमा रहेको म र मेरा अग्रज दिदीहरु तथा नयाँ बहिनीहरुलाई भन्न चाहन्छु कि चाहे जो सुकैले तपाईँलाई चार दिनको चन्द्रमा र त्यसपछि औँशी भन्छन्, तिनलाई हाँसेरै भन्दिनुस् की दोष तिनको दृष्टिकोणमा छ, सिकाइदिनुस् कि औँशीमा चन्द्रमा गायब हुने होइन, फरक प्रकाश कहाँ पर्छ भन्नेमा हुन्छ । सुनाइदिनुस्, चन्द्रमा आफ्नो दागबीच नै सुन्दर छ । रह्यो कुरा राष्ट्रिय च्यानल भनेर प्रसारण गर्नेहरुको, शायद अब उहाँहरुले स्वतः समीक्षा गर्ने अवसर पाउनु भएको छ ।’

एपी वान टेलिभिजनबाट प्रशारण भएको कार्यक्रममा आफूलाई पाँचौँ पुस्तासम्मको अन्तर्वार्ता लिने अनुभवी चलचित्र पत्रकारका रुपमा प्रस्तुत गरेका प्रकाश सुवेदीले प्रयोग गरेको भाषा र प्रस्तुति शैलीलाई लिएर चौतर्फी रुपमा आलोचना भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *