लकडाउनको तीज सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नारीहरुको विशेष पर्व तीज आउँन केहि दिन बाँकी छ । तीज गीतहरुको नेपाली सांगीतिक बजारमा छुट्टै प्रकारको चर्चा हुने गरेको छ । तीज गीतहरुले मौलिकता भुलेको, अश्लिल भाषा शैलीको प्रयोग भएको, ३/४ महिना अगाडि देखिनै गीत युट्युव तथा अन्य सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोप कलाकारहरुलाई लाग्ने गरेको छ।
यसपटक कोरना कहरले सार्वजनिक रुपमा तीज मनाउन नसकिने अवस्था छ तर पनि घरमै गीत संगीत सुनेर मनोरंजन होस् भनेर कलाकारहरुले तीजका विभिन्न गीत संगीत सार्वजनिक गरिरहेका छन्। यस्तैमा गीतकार तथा संगीतकार मनोज सिग्देल ‘युरेश’ले तिज कोशेली ‘लकडाउनको तिज’ सार्वजनिक गरेका छन्।
यस गीतमा शब्द मनोज सिग्देल ‘युरेश’को रहेको छ भने स्वर विनय कार्की र कविता श्रेष्ठको रहेको छ। गीतलाई संगीत संयोजन स्वयम गायक विनय कार्कीले गरेका हुन्। स्टुडियो भर्सनमा निर्माण गरिएको भिडियोमा विनय कार्की र कविता श्रेष्ठ फ़िचर्ड छन्। भिडियोमा जनकराज अधिकारीको छायांकन र प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ।
२०६५ साल देखि निरन्तर संगीत क्षेत्रमा संघर्ष गर्दै अघि बढिरहेका गीतकार सिग्देलले हाल सम्म ८ वटा गीत सार्वजनिक गरिसकेका छन्। सम्पूर्ण नेपाली नारीहरुलाई यसै गीत मार्फत शुभकामना दिँदै सिग्देलले सुरक्षित तरिकाले तीज मनाउन अनुरोध गरेका छन्।








