विपिन कार्कीको ‘डर छैन’ बजारमा (भिडियोसहित)

काठमाडौं । नायक विपिन कार्कीले अभिनय गरेको ‘डर छैन’ बोलको म्यूजिक भिडियो भर्खरै मात्र बजारमा आएको छ ।

जसमा सन्तोष लामाको स्वर, हरि लम्सालको संगीत,र नारायण गौतमको शब्द रहेको छ । नायक कार्कीको अभिनयले लाखौं दर्शकहरुको मन तानिरहेको हुन्छ ।

यसैले, कार्कीले अभिनय गरेका हरेक चलचित्रहरुले जस्तो व्यापार गरेपनि तर कार्कीको अभिनयले भने बजारमा तहल्का पिटेकै हुन्छ ।

सो गीतको भिडियोमा विपिनले एक भरियाको भूमिका निर्वाह गरेका छन् । यो भिडियोमा दिनभर काम गरेर छाक टार्ने र पैसा नहुँदा चामल खाएर रात बिताउने एक भरियाको जीवन कथा बोलेका छ ।

जुन कथालाई विपिनले ससक्त ढङ्गले निभाएका छन् । उक्त गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका छन् भने, विकास धमलाको सम्पादन, हरि हुमागाँइको छायांकन रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =