“के माया लाग्छ र” टिमको अर्को प्रतीक्षित प्रस्तुति म्युजिकल फिल्म “तीनपाते” सार्वजनिक

काठमाडौँ । आर्टमाण्डु मिडिया विगतका दिनहरू देखि नै मौलिक नेपाली परिवेश, चाहना अनि जनजीवनका साथ आधुनिक नेपालका शालीन अनि सभ्य परिवेशका सञ्चार र मनोरञ्जन सामाग्री उत्पादनका लागि उन्मुख उत्पादन केन्द्र हो ।

पछिल्लो समयमा नेपाली जनजिब्रोमा चर्चित अनि लोकप्रिय गीत (के माया लाग्छ र) आर्टमाण्डुकै अथक प्रयास, जाँगर अनि नवप्रवर्तनको उपज हो, यस गीतले युट्युबमा ९० लाख हाराहारीमा भ्यु पाइसकेको छ । नेपाली गीत अनि म्युजिक भिडिओको संस्करणहरूमा पछिल्लो समयमा गीतका भिडियोहरुमा सृजना अनि मौलिकताको बीजारोपणलाई प्राथमिकता दिँदै आर्टमाण्डुले गीतलाई ग्रामीण परिवेशमा ढाल्दै कथासँग जोडेर भिडिओलाई एउटा सक्कल चलचित्रको स्वरूपमा उतार्ने प्रयत्नहरू गर्दै आएको छ, चाहे त्यो बहुचर्चित बटौली होस्, या के माया लाग्छ र आर्टमाण्डुका अन्य प्रयत्नहरू किन नहोस् ?

यसपटक आर्टमाण्डुका नवीन चौहानले निर्देशन गरेको तीनपाते बोलको गीत लिएर दर्शकश्रोता सामु आएको छ । तीन पाते एउटा प्रेमको कथा हो जहाँ ग्रामीण नेपालको परिवेश, गोठका कथा, हाटबजार अनि बाल्यकालको माया र अपेक्षा लुकेको छ । पूर्वी नेपालको छुर्पी, नौनी, दूध अनि गोठदेखि समग्र नेपालभरिको लाहुर जाने या गाउँमै बसेर केही गर्ने दुबिधालाई छिर्दै यस म्युजिक भिडिओले मिठो गीत र मन छुने कथा दुवै पस्किएको छ ।

सम्भवतः नेपाली म्युजिकल भिडिओको इतिहासमा नै यो एउटा यस्तो म्युजिक भिडियो हो जसमा मध्यान्तरको कन्सेप्ट राखिएको छ भनें शालीन अनि सम्झनायोग्य पल अनि दृश्यहरूलाई अटाउँदै यस भिडिओले नेपाल चिहाउने एउटा नयाँ आँखीझ्यालको काम गर्नेछ ।

यसमा शब्द हर्क साउद, सङ्गीत सुजन चापागार्ईं, स्वर सुजन चापागार्ईं अनि विद्या तिवारी को रहेको छ । गीतको सङ्गीत संयोजन गङ्गा थापाले गरेका हुन् भने ध्वनि मिश्रण कोबिद बज्रले गरेका हुन् । गीतको छायाङ्कन अनीश स्याङ्ग देन ले गरेका हुन् भने रङ्ग संयोजन, ग्राफिक्स र सम्पादन दिनसन शाहले गरेका हुन्। गीतमा मिलन खत्री, अनु काफ्ले, हर्क साउद, नयन नेपाल, आयुष्यमा काफ्ले, सम्रान्त थापा, मुना धिताल आदिको अभिनय रहेको छ।

चियाको वगानमा तीनपाते भएका कोपिलाहरूलाई परिपक्व, मिठो अनि उपयुक्त बिम्बका साथ उद्धृत गरिन्छ, यस गीतमा पिरतीको तीन पाते स्वरूपमा देखाइएको छ, रसरङ्ग अनि सम्झनालाई तिनपातेसँग जोडिदिएको यस गीतको लयले ग्रामीण नेपालको टपक्क टिपेको भाकाहरूलाई प्रतिनिधित्व गर्दछ ।

गीतका नेपाली परिवेशका शब्दहरूलाई विश्वजगतमा चिनाउने कसरत स्वरूप शब्दहरूको अङ्ग्रेजी रूपान्तरण अनि परिप्रेक्ष्यकरण लेखक अनि सांस्कृतिक अन्वेषक सुयोग ढकालले गरेका छन् । नेपालमा सर्वाधिक डाउनलोड भएको हाम्रो पात्रोमार्फत नेपाली चाडपर्व अनि दैनिकी सम्बन्धी आलेख अनि अध्ययनहरू उनले नै गरेका हुन्।

भिडिओको लागि

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =