भाेलिबाट सबै जिल्लामा चल्ने भयाे सार्वजनिक यातायात

काठमाडौं । भोलिबाट सार्वजनिक सवारी साधन सञ्चालन हुने भएको छ । सरकारको निर्णय अनुसार भोलिबाट सवारीसाधन सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् ।

सरकारले असार २६ गते सवारी सञ्चालन गर्ने निर्णय गरेपनि यातायात व्यवसायीले विभिन्न माग राखेर नचलाउने निर्णय गरेका थिए । तर भोेलि सोमबारबाट भने व्यवसायीहरु नै तयार भएका हुन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले भोली (सोमबार) बिहानबाट यातायात सञ्चालन हुने बताए । महानिर्देशक हमालका अनुसार व्यवसायी र यातायात मजदुरहरुका प्रतिनिधिहरुसँगको छलफलपछि यातायात सञ्चालन गर्न  व्यवसायी तयार भएका हुन् ।

हालका लागि अन्तरजिल्लामा मात्रै यातायात सञ्चालन हुनेछन् । उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुरमा सञ्चालन हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *