अलग भए नायिका उषा पौडेल र सुधांशु, किन टिक्दैन नायिकाहरूकाे वैवाहिक जीवन ?

काठमाडौं । आजकल कलाकारहरूकाे वैवाहिक सम्बन्ध जाेडिनु र ताेडिनु दाल भात तरकारी खाएजस्तै हुन थालेकाे छ । कुनैबेला आदर्श जाेडी भएकाहरू दशकाै एक रथका दुइ पाङ्ग्रा भएर जिवनका सुख दुखः सँगै विताएकाहरू धमाधम छुट्टिन कला क्षेत्रमा चर्चा परिचर्चा बढेकाे छ ।

यसै सन्दर्भमा  कुनै वेलाकी सफल नायिका उषा पौडेल र नायक सुधांशु जोशी पनि वैवाहिक जीवनबाट अलग भएका छन् । अमेरिकामा रहँदै आएका यी दुइ करिब ६ महिनादेखि अलग–अलग बस्दै आएका थिए ।

आज नायिका उषा पौडेलको जन्मदिन हो । तर, सुधांशुले उनलाई जन्मदिनको शुभकामना दिएका छैनन् । करिब ३ बर्ष अगाडि यो जोडीले अमेरिकामा नै बिहे गरेको भएपनि उनीहरुको सम्बन्ध लामो समय टिक्न सकेन । दुवै कलाकारिता क्षेत्रबाटै जोडिएकाले उनीहरुको सम्बन्ध दिगो रहने अपेक्षा गरिएको थियो ।

अमेरिकाको भर्जिनियामा बस्दै आएका सुधांशुले नायिका उषा पौडेलसँग दोश्रो बिहे गरेका थिए । तर, बिहे भएको करिब ३ बर्षपछि यी दुइ अलग भएको वुझिएको छ । उषा अहिले बाल्टिमोरमा बस्दै आएकी छिन् ।

उषा र सुधांशुले बिहे दर्ता भने गरेका थिएनन् । उषाले बारम्बार बिहे दर्ताका लागि गरेको आग्रहलाई सुधांशुले नमानेपछि उनीहरुविच कलह सुरु भएको अनुमान छ । उषा बाल्टिमोरमा बस्न थालेपछि सुधांशु केही समय अगाडि उनीसँग कुरा गर्न वाल्टिमोर पनि पुगेका थिए । तर, उषा र सुधांशुको कुरा मिलेन ।

नेपाली चलचित्र क्षेत्रमा राम्रो स्थान बनाउँदै गर्दा नायिका उषा पौडेल बलिउडमा करियर बनाउन भनेर भारत पुगिन् । भारतमा केही लोकप्रिय सिरियलमा काम समेत गरेकी उषा त्यसपछि अमेरिका पुगेकी थिइन् । अमेरिकामा पुगेपछि उनी र सुधांशुविच प्रेम सम्बन्ध जोडिएको थियो । प्रेममा रहेको केही समयपछि उनीहरुले बिहे गरेका थिए ।

किन टिक्दैन हिराेइनहरूकाे वैवाहिक सम्बन्ध ?

जसरी बलिउड र हलिउड स्टारहरुको प्रेम र वैवाहिक सम्बन्ध टिक्दैन । कलिउड अर्थात नेपाली सिने नगरीमा पनि वैवाहिक सम्बन्ध कायम राख्न नसक्नेहरुको जमात धेरै छ । केही समय अघि नायिका रिमा विश्वकर्माले श्रीमान रोबर्ट विश्वकर्मासँगको बैवाहिक जिवन अन्त्य गरेकी थिइन । यस अघि नायिका रेखा थापाले श्रीमान छविराज ओझासँग, प्रियंका कार्कीले रोचक मैनालीसँग शिल्पा पोखरेलले छविराज ओझासँग वैवाहिक सम्बन्ध तोडेका थिए ।

यसैगरी नायिका सञ्चिता लुईटेलले आकाश शाहसँगको वैवाहिक सम्बन्ध तोडेर नायक निखिल उप्रेतीसँग विवाह गरिन् । यता कुनै बेलाकी चर्चित नायिका गौरी मल्लले पनि प्रज्वल भण्डारीसँग सम्बन्ध तोडेर एक्लै बसिरहेकी छन् ।

नायिका अरुणिमा लम्सालले व्यापारी अमित अर्यालसँग विवाह गरेपनि उनीहरुको सम्बन्ध दिगो रहन सकेन । उनले विवाहको १२ वर्षपछि अमितसँगको सम्बन्ध अन्त्य गरिन् । बलिउडमा नाम र दाम दुवै कमाउन सफल नायिका मनिषा कोइरालाले पनि सन् २०१० मा सम्राट दाहालसँग विवाह गरेकी थिइन् । तर, उनीहरुको वैवाहिक जिवन दुई वर्षपनि टिक्न सकेन ।

सन् १९९७ की मिस नेपाल तथा नायिका झरना बज्राचार्यले पनि ब्रिटिस नागरिकसँग विवाह गरेकी थिइन् । तर, सम्बन्ध नटिकेपछि उनले दोस्रो विवाह निर्माता राहुल अग्रवालसँग गरिसकेकी छन् ।

नोभेम्बर रेनबाट चर्चामा आएकी छुल्ठिम गुरुङले पनि गायक धिरज राईसँगको वैवाहिक सम्बन्धको अन्त्य गरिन् । पृथ्वी, देउकी, सम्पत्ति जस्ता सफल फिल्मका अभिनय गरेकी कुनै बेलाकी चर्चित नायिका मौसमी मल्लले धनविक्रम मल्लसँगको ९ वर्षे वैवाहिक जिवनलाई अन्त्य गरेकि थिइन् ।

नायिका कृति भट्टराईले पनि पहिलो विवाह सञ्चारकर्मी रवि श्रेष्ठसँग गरेकोमा सम्बन्ध विच्छेद गर्दै इन्जिनियर रोहित पौडेलसँग दोस्रो विवाह गरिन् । परिवारसँग विद्रोह गरेर कृतिले पहिलो विवाह गरेकी थिइन् ।

नेपाली चलचित्र क्षेत्रमा ग्लामर हिरोको छवि बनाएका भुवन केसीकी दोस्रो श्रीमती आजकलले पनि डिभोर्सी हुन् । सुस्मिता केसी अहिले एक्लै छन् । मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जिपी तिमल्सिना पनि अलग भएका छन् ।

नेपाली नायिकाहरुको प्रेम सम्बन्ध तथा वैवाहिक सम्बन्ध टिक्न नसक्नुमा कतिपय कुरामा नायिकाहरु जिम्मेवार रहेको बुझिएको छभने, कतिपय प्रसंगमा श्रीमान जिम्मेवार देखिएका छन् । खासगरी विवाह पछि नायिकाहरुले कलाकारितालाई अगाडी बढाउने क्रममा श्रीमान श्रीमती विच शंकाको भाव पैदा हुने र एकले अर्कालाई विस्वास नगर्दा सम्बन्ध टुट्ने देखिएको छ । कतिपय अवस्थामा उनीहरूमा श्रीमान श्रीमतीका कारण चिनिन थालेपछि इगाे प्रवलमले पनि वैवाहिक सम्बन्धमा दरार पैदा भइरहेकाे फिल्मकर्मीहरूकाे भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *