सुशान्तसिंह राजपुतकी प्रेमिकालाई बलात्कारको धम्की

एजेन्सी । अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्याको दोष लगाएकोबारे रिहा चक्रवर्तीले प्रतिक्रिया दिएकी छिन् । सामाजिक सञ्जालमा बलात्कारको धम्की दिनेविरुद्ध अभिनेत्री चक्रवर्तीले साइबर कानुनमा प्रमाणसहित कारबाहीको माग पनि गरेकी छिन् ।

‘मलाई सम्पत्तिमा आँखा लगाएको भनियो म चुप बसें । मलाई हत्यारा भनियो, म चुप बसें । चरित्रहिन देखाइयो । म चुप बसें । तर मेरो मौनताले तिमीलाई कसरी अधिकार दिन्छ–मेरो बलात्कार हुन्छ र आत्महत्या हुन्छ ? यदि मैले आत्महत्या गरिनँ भने ?’ रिहाले इन्स्टाग्राममा लेखेकी छन् ।

उनले आफूलाई बलात्कारको धम्की दिने व्यक्तिको म्यासेज स्क्रिनसट गरेर इन्स्टाग्राममा सार्वजनिक गरेकी छन् । उनले उक्त म्यासेज पठाउने व्यक्तिलाई लक्षित गर्दै थप लेखेकी छन्, ‘के तिमीले आफूले बोलेको कुरा गम्भीर भएर सोचेकी छौ । यी त अपराध हुन् ।’

मंगलबार मात्रै सुशान्तबारे उनले लामो भावुक स्टाटस लेखेकी थिइन् । ‘म यो पीडाबाट बाहिर निस्कन सकेको छैन । त्यो घटनाले स्तब्ध छु । तिमीले नै गर्दा प्रेम र प्रेमको शक्तिप्रति मैले विश्वास गरेको हुँ,’ उनले लेखेकी छन् ।

रिहाले ट्वीटरमा गृहमन्त्रीलाई मेन्सन गर्दै कारबाहीको माग पनि गरेकी छिन् । ‘म सुशान्तसिंह राजपुतकी प्रेमिका रिया चक्रवर्ती हुँ । सुशान्तको अकस्मात मृत्यु भएको एक महिना भइसक्यो । मलाई सरकारमाथि पूरा विश्वास छ । यस घटनाको सीबीआई छानबिनका लागि आग्रह गर्छु ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *