यस्तो छ आजको बाढी पूर्वानुमान, हेरौं !
२०७७ असार ३१ गते

फाइल फोटो
काठमाडौं । आज ठूला नदीहरुमा बहाव स्थिर छ । सतर्कता तहभन्दा तल नै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबईमा बहाव सामान्य घटबढ हुने तर ठूलो बाढीको जोखिम नरहेको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज कन्काई, बागमती, तिनाउ, पश्चिम राप्तीका केही साना सहायक नदीमा आकस्मिक बहाव हुन सक्ने न्यून सम्भावना रहेको महाशाखाले जनाएको छ ।

२०७७ असार ३१ गते
प्रतिक्रिया
सम्बन्धित








