बालुवाटारमा विपद् व्यवस्थापन परिषद्को बैठक जारी, देउवा पनि सहभागी

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक अहिले जारी छ ।

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा चलिरहेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सहभागी रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटरमार्फत् जानकारी दिएका छन् ।

कोरोना संक्रमण र देशभर बाढीपहिरोका घटना बढिरहेका बेला परिषद्को बैठक आज बसेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *