सुनले बनेको संसारकै पहिलो पाँचतारे होटल जहाँ खाना पनि हुन्छ सुनाैलाे (९ तस्वीर)

एजेन्सी । भियतनामको हानेईमा एक सुनैसुनको पाँचतारे होटल बनाइएको छ जुन विश्वभर चर्चामा छ । होटलको बाहिर संरचनामात्रै होइन, बाथरुम, किचेन, रुम सबैमा सुनको जलप छ ।

डोल्से हानेई गोल्डेन लेकको निर्माणमा १० करोड ६० लाख पाउन्ड अर्थात् नेपाली रुपैयाँ २३ अर्ब ८० करोड बढी खर्च भएको छ जहाँ पाहुनाले गोल्डन बाथमा आफ्नो हात धुन पाउनेछन्, गोल्डेन इन्फिनिटी पूलमा रिल्याक्स गर्न सक्नेछन् ।

होटलको बिल्डिङमा सुनको जलप लगाउन एक टन सुन प्रयोग गरिएको छ । यहाँ एक रात बस्न पाहुनाले २५० डलर अर्थात् २९ हजार ७ सय ७२ रुपैयाँ तिर्नुपर्नेछ । होटलका मालिक हु डुवाङ्गले आफ्नो होटलमा साधारणदेखि अत्यधिक धनाढ्य परिवारको उपस्थित हुने आशा राखेका छन् ।

‘हाम्रो समुहको एउटा कारखाना छ जसले सुनको जलप लगाएका वस्तुको उत्पादन गर्न सक्छ तसर्थ हाम्रो यहाँका सामग्री र फर्निचर खासै महँगा छैनन् । यहाँका लगभग सबैजसो सामग्रीमा मात्र जलप मिसाइएको छैन, यहाँ पस्किने प्रत्येक खानामा रहस्यमयी ‘सुनौलो पदार्थ’ मिसाइएको हुन्छ,’ ड्वाङ्गले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *