ओलीसँग गम्भीर छलफल गरी खुमलटार फर्किए प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ । आज (आइतबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सकिएको हो ।

दुई अध्यक्ष्यबीचको आजको बैठकमा सकारात्मक छलफल र गम्भीर ढंगले छलफल गरी अघि बढ्ने सहमति भएको स्रोतको भनाइ छ । आजको भेटमा नेकपा अध्यक्ष प्रचण्डले कुनै कार्यदल नबनाइकन दुई जनाकै बीचमा छलफल गर्न जरूरी रहेको समेत बताएका थिए।

प्रचण्डको भनाइ उद्धृत गर्दै प्रचण्ड निकट स्रोतले भन्यो– ‘हामी दुई जनामात्रै बस्न जरूरी छ। अरू यताउति नगरिकन हामीमात्रै बसौँ ।’ वरिष्ठ नेताहरूसँग छलफल गरेर अगाडि बढ्नुपर्ने प्रचण्डको भनाइ छ । छलफलपछि प्रचण्ड खुमलटार फर्किसकेका  छन्।

यसअघि यसअघि भएको आइतबारको बैठकमा छलफलमा ओलीका तर्फबाट महासचिव विष्णु पौडेल र शङ्कर पोखरेल तथा प्रचण्डका तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 14 =