स्थायी समिति बैठक बुधबारसम्म स्थगित, बालुवाटारमा ओली–प्रचण्डबीच वार्ता जारी

काठमाडौं । आज (सोमबार) ११ बजेका लागि तय गरिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को स्थायी समितिको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कुनै सहमति हुन नसकेपछि स्याथी समितिको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको हो ।
आज पनि दुवै अध्यक्ष वार्तामा छन् । पार्टीभित्रको विवाद साम्य पार्न दुवै अध्यक्ष वार्तामा जुटेका हुन् ।
हिजो (आइतबार) को बैठक निर्णायक भनिएको थियो तर कुनै निर्णय हुन सकेन । बैठकमा ओली र प्रचण्डबीच झण्डैँ डेढ घन्टा छलफल भएको थियो । विगतमा भएका असमझादारीका आधारमा सहमति खोज्ने, असमझदारी बढाउने गतिविधि नगर्ने दुवै अध्यक्षबीच सहमति भएको थियाे ।
आइतबारकाे बैठकमा छलफलमा ओलीका तर्फबाट महासचिव विष्णु पौडेल र शङ्कर पोखरेल तथा प्रचण्डका तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागी थिए ।








