सुदूरपश्चिम प्रदेश सभामा कांग्रेस र राजपा सांसदको नाराबाजी

धनगढी । सुदूरपश्चिम प्रदेश सभामा बजेटमाथि छलफल गर्ने प्रस्ताव पेश गर्ने क्रममा प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले नाराबाजी गर्दै अवराेध सिर्जना गरेका छन् ।

कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण तथा रोकथाममा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै कांग्रेस र राजपा सांसदले आज (आइतबार) को बैठकमा अवरोध सिर्जना गरेका हुन् ।

लगातार पाँच पटक संसद अवरुद्ध भएका कारण असार १ गते प्रदेश सरकारले ल्याएको बजेटमाथिको छलफल सुरु हुन सकेको थिएन । तर आज सभामुखले पेलेरै संसद चलाएका छन् । सभामुख अर्जुन बहादुर थापा प्रतिपक्षी दलले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेपनि बजेटमाथिको छलफल सम्बन्धी प्रस्ताव स्वीकृत भएको घोषणा गरे ।

आइतबार सभामुख थापाले सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरालाई बजेटमाथिको दफावार छलफलका लागि प्रस्ताव पेस गर्न समय दिएका थिए । छलफल सम्बन्धी प्रस्ताव स्वीकृत भएको घोषणा गर्दै सभामुख थापाले संसद बैठक स्थगित गरेका छन् । अब सोमबार दिउँसो ३ बजेदेखि बजेटमाथि छलफल सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *