राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली पुगे शीतलनिवास, बालुवाटार बोलाइए मन्त्रीहरू

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । बालुवाटार स्रोतका अनुसार नियमित भेटवार्ताका लागि उनी शीतल निवास पुगेका हुन् ।

स्रोतका अनुसार सरकारका कामका विषयमा जानकारी गराउन राष्ट्रपति भेट्न शितलनिवास गएका हुन् ।

यसैबीच प्रधानमन्त्रीले साँझ ७ बजे मन्त्री र राज्यमन्त्रीहरूलाई बालुवाटारमा बोलाएका छन् ।

स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकका लागि नभइ सामान्य छलफलका लागि बोलाएको बताइएको छ ।

स्रोतले भन्यो, “मन्त्रिपरिषद् बैठक भनेर जानकारी आएको छैन । छलफलको लागि बोलाइएको होला ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + one =