दीपाश्रीको अभिव्यक्ति प्रति महानायकको सांकेतिक जवाफ

काठमाडौं । अभिनेता राजेश हमालले दीपाश्री निरौलाले दिएको अभिव्यक्ति प्रति सांकेतिक प्रतिकृया दिएका छन् ।
आफुलाई महानायक मान्ने नमान्ने व्यक्तिको इच्छामा भरपर्ने सांकेतिक अर्थ जताउँदै हमालले फेसवुकमा प्रतिकृया जनाएका हुन् ।

केही दिन अघि दीपाश्रीले एक टेलिभिजन कार्यक्रममा ‘राजेश हमाल महानायक हो र ?’ भन्दै राजेश हमालको महानायक पदवी माथि प्रश्न उठाएकी थिइन् ।

दीपाश्रीको उक्त अभिव्यक्तिले आक्रोशित भएका महानायक हमालका फ्यानले चर्को विरोध जनाएपछि उनले सार्वजनिक रुपमा माफि पनि माग्नु परेको थियो ।

हमालले सोही अभिव्यक्तिको सांकेतिक जवाफ दिएका छन् । ‘शुभ दिन । तपाईंको जीवनको खुसी तपाईंको विचारहरूमा निर्भर गर्दछ । तपाईं आफ्नो विचारको उत्पादक आफैं हो ।’ हमालले फेसवुकमा लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *