नारायणीको बाढीले बगाउँदा एक युवक बेपत्ता

भरतपुर – नारायणी नदीमा माछा मार्ने क्रममा एक जना बेपत्ता भएका छन् ।

भरतपुर महानगरपालिका–३ रामघाटस्थित नारायणी नदीमा माछा मार्ने क्रममा बर्दिया घर भइ हाल भरतपुर महानगरपालिका–४ बस्ने २१ वर्षीय टिङ्कु चौधरी बेपत्ता भएको जिल्लाप्रहरी कार्यालय चितवनले जनाएको छ ।

नदी किनारमा माछा मार्ने क्रममा उनलाई बाढीले बगाएको थियो । बेपत्ताको नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =