टोखामा श्रीमानले गरे श्रीमतीकाे हत्या

काठमाडौं । काठमाडौँको टोखामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । टोखा नगरपालिका–३ बानियाटार बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँले धारिलो हतियार चक्कु प्रहार गरी श्रीमती सलिना खड्काकाे हत्या गरेका हुन् ।

बुधबार राति करिब १ बजेको समयमा विवाद हुँदा उनले चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको र अहिले शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ ।

श्रीमतीकाे हत्या अभियाेगमा आज बिहान कृष्णहरिलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । महानगरीय प्रहरी प्रभाग गोंगबु र महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।  रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − ten =