सुशान्तको पोस्टमार्टम रिपोर्ट सार्वजनिकः किन गरे आत्महत्या ?

काठमाडौं । बलिउड दुनियाँ जोखिमपूर्ण छ । यहाँ कहिले–कसको सफलता असफलतामा परिणत हुन्छ कसैले अनुमान लगाउन सक्दैन । दुनियाँको सबै गणित मिलाएर पनि सफलताको सुत्र बनाउन मुश्किल छ ।

यो एक ओइलाएको फिक्का बजार हो । साथै यहाँ निर्दयी र पूर्वाग्रहले भरिएको मिडिया पनि संलग्न छन् । टिभी सिरियल हुँदै बलिउड छिरेका सुशान्तमा एक बेचैनी थियो । उनीभित्र हताशपूर्ण ऊर्जा थियो । उनी एक लजालु,  शान्त स्वभावका युवक थिए । उनीसँग सजिलै कुरा हुन सक्दैनथ्यो । उनी आफ्नै दुनियाँमा हराइरहन्थे ।

सुशान्तलाई नजिकबाट चिनेका अभिनेता रणवीर शौरी भन्छन्– ‘म भन्छु कि स्टार दुई किसिमका हुन्छन् । एक जो बक्स अफिस चलाउँछन् । अर्को जसलाई मिडिया र भाई भतिजासँग जोडिएको तागतले स्टार बनाउँछ । सुशान्त असली स्टार थिए । यदी तपाईँ उक्त क्लबको सदस्य हुनुभएन भने तपाईँको जिन्दगी निकै मुश्किल हुन्छ । तपाईँलाई रिजेक्ट गरिन्छ । सफल हुनबाट बञ्चित गरिन्छ ।’

हो, तीनीहरुबिच रहन सजिलो छैन । तपाईँलाई यी सबका बिच आफ्नो अस्तित्व जिवित राख्नुपर्ने हुन्छ । बलिउडको चमक पछाडी एक कालो, अँध्यारो हिस्सा पनि छ जसलाई सुशान्त टेलिस्कोपबाट पनि देख्न सक्दैन थिए । ‘मानिसहरुले भनिरहे कि सुशान्तमा डिप्रेशन थियो । उनी डिप्रेशनको औषधी सेवन गरिरहेका थिए । आइतबार बिहान उनले आत्महत्या गरे । उनको टेलिस्कोप पछाडी छुट्यो’, शौरले भने ।

अतीतलाई कयौँ प्रकारले देख्न सकिन्छ । सुशान्तका बारेमा बुझ्ने हो भने उनको अध्ययनबाट धेरै चीजबाट संकेतहरु पाउन सकिन्छ । उनीसँग २०० किलोको भारी टेलिस्कोप थियो । उनले आकाशको नक्सा कोरेका थिए । उनलाई स्मरणशक्ति गुम्नुबारे पनि थाहा थियो । उनी ब्लाक होलबारे पनि जान्दथे । उनलाई डार्क साइड अब मूनका बारे पनि थाहा थियो र उनी आकाशमा ती ताराहरुलाई नियाल्थे जो समयको यात्रा गर्थे ।

सुशान्त एक यस्ता व्यक्ति थिए जो हाम्रो अगाडी खुलेका पनि थिए, केही बन्द पनि थिए । उनी एक यस्ता कहानी थिए जसलाई हामीले ध्यान नै दिएनौँ । आत्महत्यापछि धेरै मानिसहरुले उनको बारेमा लेखे । तर बलिउडका लागि उनी बाहिर थिए । दर्शक चिन्थे, सेलिब्रेट गर्थे ।

उनीमा सानो शहरका ती युवकको झलक मिल्छ जो आफ्नो आकांक्षा र जुनूनबिच डुबुल्कि लगाइरहन्छन् । यो आमाबुवाको महत्वकांक्षा र स्वतन्त्रताको आकर्षणबिचको कश्माकसको कहानी हो । सुशान्तले इन्जिनियरिङ्गको पढाइका लागि प्रवेश परीक्षा दिएका थिए । यसमा उनी देशभरबाट ७ औँ पोजिशनमा आएका थिए ।

अभिनय क्षेत्रमा आउनुभन्दा अघि उनी मेकानिकल इन्जिनियरिङ पढिरहेका थिए । उनी कान्छो छोरा थिए जो आफ्नी आमाको निकै नजिक थिए । उनी शान्त रहने खालका बच्चा थिए । २००३ मा आमाको मृत्यु भएपछि उनीमाथि गहिरो असर पर्यो । उनी सधैँ एकान्तप्रेमी रहे ।

सुशान्तको परिवारलाई नजिकबाट चिनेकी रञ्जीता ओझाका अनुसार सुशान्त आफ्नो आमाको निकै नजिक थिए । आमाको यादले उनलाई निकै सताउँथ्यो । उनी सधैँ मुस्कुराइ रहन्थे । कि उनी पढिरहेका हुन्थे कि त पार्कमा एक्लै घुमिरहेका हुन्थे । उनी निकै समझदार पनि थिए ।

आमाको याद, बलिउडमा गुमनाम हुने डर, त्यहाँकाे परिवारवाद, नातावादका कारण पिराेलिएका सुशान्त डिप्रेशनमा थिए ।सुशान्तको पोस्टमार्टम रिपोर्ट पनि सार्वजनिक गरिएको छ । मुम्बई प्रहरीलाई प्राप्त फाइनल रिपोर्टमा सुशान्तले फाँसी लगाउँदा निधन भएको पुष्टि भएको छ ।

५ जना डाक्टरको टिमले रिपोर्ट हेरेर विश्लेषण गरेका थिए। रिपोर्टमा सुशान्तको मृत्युको कारण  ‘Aspecia Due To Hanging’ भएको उल्लेख छ । मुम्बई प्रहरीले अब भिसेरा रिपोर्ट पर्खिरहेको छ । मानिसको मृत्युपछि मृत्युको कारण पत्ता लगाउनका लागि शरीरका केही आन्तरिक अंगलाई सुरक्षित राखिन्छ। जसलाई भिसेरा भनिन्छ ।

सुशान्त आत्महत्या प्रकरणमा उनसँग जोडिएका २३ जनासँग प्रहरीले सोधपुछ गरिसकेको छ। अझै अनुसन्धान जारी छ। सुशान्त ११ दिनअघि बान्द्रास्थित आफ्नै निवासमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनले डिप्रेशनका कारण आत्महत्या गरेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *