एका विहानै पाल्पाका ९३ जनामा काेराेना संक्रमण पुष्टि
२०७७ असार ११ गते

काठमाडौं । आज पाल्पामा एकै दिन ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका ९३ जनामा कोरोना संक्रमण देखिएको हो ।
भरतपुर अस्पतालले बिहीबार विहान सूचना निकालेर सोको जानकारी दिएको छ । भरतपुर प्रयोगशालामा पहिलो पटक एउटै जिल्लाको एकै दिन यति धेरै संक्रमित भेटिएको हो । यसअघि जेठ २६ मा एकै दिन तीस संक्रमित फेला परेका थिए ।
पाल्पाका विभिन्न ठाउँबाट २ सय ३४ वटा स्वाबका नमूना परीक्षण गर्न चितवनको भरतपुरस्थित प्रयोगशालामा ल्याइएको थियो ।
२०७७ असार ११ गते
प्रतिक्रिया








